योरुना पुन हत्या प्रकरण : नायिका नेहाको हत्या कसरी भयो ? यस्तो छ हत्यारा सतिसको बयान

पोखरा २५ माघ- मगर चलचित्रकी नायिका योरुना पुन नेहाको गर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका सतिस खड्गीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी हरिबहादुर पालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यलय कास्कीका डि यस पी गजुसिद्धि बज्राचार्य नेतृत्वको प्रहरी अनुसन्धान टोलिले हत्यामा सम्लग्न सतिस खड्गीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । आरापि सतिसले बयानका क्रममा नेहाको हत्या गरेको स्वीकारगरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सतिशले नेहाको हत्यागरेको स्वीकार गरेका छन् सतिशले १८गते राती काम सकेर सगै मोटरसाईकलमा घर फर्किने क्रममा हत्या गरेको बयानका क्रममा स्वीकारेका छन् । श्रोतका अनुसार , उनीहरु लेकसाइड हुदै घर फर्केदै थिए सतिशले घर पुगे पछि नेहा सग यौनप्रस्ताब गरे । नेहाले मानिनन् , उनले जबरजस्ती गर्न खोजे । त्यसपछि नेहाले सतिशलाई गाली गरिन् । ‘मुख छोड्छेस’ भन्दै सतिशले हेलमेट नेहाको टाउकोमा प्रहर गरे । रिसले चुर सतिशले ३र४ पटक टाउकोमा हेल्मेटले हाने पछी नेहा तेही ढलिन् । सतिशले नेहालाई तेही छोडेर भागे । माघ १९ गते मर्निङ् वाक गएका सर्बसाधारणले नेहाको शब देखे र प्रहरी लाई खबर गरेका थिए । नेहाको शब उनकै घरभन्दा ४ सय मिटर पर फालिएको थियो । उनको शब कालो पछ्यौराले छोपिएको अर्धनग्न अवस्थामा थियो । हत्या कसले गर्यो कसरी भयो भन्ने प्रहरी लाई थाहा नहुदा घटनामा संलग्नको पहिचान खुल्न सकेन ।

प्रहरीकै अनुसन्धान का क्रममा कास्की प्रहरीले सतिशसहित धेरैलाई अनुसन्धानको दायरा मा ल्यायो । तर केहि खुल्न सकेन । हत्याकै दिन मा सतिश लाई नियन्त्रणमा लिएर बयानका क्रममा नेहालाई १८ गते राती इन्द्रचोकमा छोडेको बयान दिए । अन्य सुराकमा कास्की प्रहरी जुटीरह्यो अनि कास्की प्रहरी ले सतिशमाथि संका गर्यो । अरुदिन घरमै लगेर छोड्ने सतिशले किन इन्द्रचोकमा लगेर छोडे । केटि मान्छे तेती राती एक्लै छोड्ने कुरै भएन तेही बाट प्रहरीले अनुसन्धान थाल्यो । सबै प्रमाण जुट्दै गर्दा सतिशले एकपछि अर्को गर्दै सबै कुरा प्रहरी सामु खुलासा गरेका हुन् ।
प्रहरीले आज दिउसो एक बजे पत्रकार सम्मेलन गरी पक्राउ अभियुक्त र घटनाबारे जानकारी दिने कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिनुभयो ।

nepalnewslive
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget