काठमाडौं, १ फागनु - १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको समेमिफाइनलमा नेपाल आज शनिबार माल्दिभ्ससँग भिड्दै छ।
नेपाल र माल्दिभ्सबिचको खेल गुवाहटीमा बेलुका सवा सात बजेपछि सुरु हुनेछ। ६ देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ को उपविजेता तथा माल्दिभ्स समूह ‘ए’ को विजेताको रुपमा समेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानलाई ५–० ले हराएको थियो भने बंगलादेशसँग २–१ ले पराजित भएको थियो।
शनिबार नै सेमिफाइनलमा भारतले बंगलादेशसँग खेल्ने छ। गुवाहटीमा हुने खेल दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ । भारत समूह ‘ए’ को उपविजेता तथा बंगलादेश समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन्।
dcnepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.