गोरखा, १ फागुन, भूकम्प अति प्रभावित गोरखाका ६ गाविसका वासिन्दाले नुन खान नपाएको गुनासोसहित जिल्ल प्रशासनमा निवेदन दिएका छन् । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले बिक्री गर्ने सहुलियत मूल्यको नुन उपलब्ध गराइदिनमाग गर्दै उनीहरुले निवेदन दिएका हुन् ।
एक किलो नुनको मूल्य एक सय रुपैयाँसम्म पर्न थालेपछि उनीहरुले त्यो पनि भनेका बेलामा नपाइने भन्दै प्रशासनमा निवेदन दिनु परेको बताए । नुन महङ्गो र अभाव भएपछि लाप्राक, गुम्दा, लापुर, उहिया, केरौंजा र काशागाउँका स्थानीयवासीले निवेदन दिएका हुन् । प्रजिअ बलदेव गौतमले भने निवेदन साल्ट ट्रेडिङ्गमा पठाइसकेको बताए ।
aajakokhabar-
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.