यु १९ क्रिकेटमा नेपाले टस जितेर बंगलादेश विरुद्ध व्याटिङमा उत्रियो



बंगलादेशमा जारी १९ वर्षमुनिको विश्वकप क्रिकेटको क्वार्टरफाइनलका खेलहरु आजबाट शुरु भएको छ ।प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो क्वार्टरफाइनलमा नेपाली टोलीले टस जितेको छ ।
आयोजक बंगलादेशको सामना गर्न लागेको नेपाली टिमले टस जितेर ब्याटिङको निम्तो पाएको हो । ढाकाको शेर बंगाल रंगशालमा बिहान पौने ९ बजेबाट सुरु हुने खेल नेपालका लागि महत्वपूर्ण रहने छ ।


भारतसँग सात विकेटले पराजित भएर समूह डीको उपविजेता बनेको नेपालले क्वाटरफाइनलमा समूह ए को विजेता बंगलादेश प्रतिस्पर्धी पाएको हो । यो खेल जित्न सके नेपाली क्रिकेटले विश्वकपको सेमिफाइनलमा पुगेर नयाँ इतिहास रच्ने छ । पराजित भएमा पाँचौं स्थानका लागि शनिबार भारत र नामिबियाबिच हुने दोस्रो क्वाटरफाइलनमा पराजित हुनेसँग प्लेअफ म्याच खेल्ने छ ।
बंगलादेश बलियो प्रतिद्वन्दी भएकाले त्यसै अनुसारको प्रतिस्पर्धाका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक जगत टमाटाले बताएका छन् । नेपाल र बंगलादेश दुवै अहिलेसम्म प्रतियोगिताको सेमिफाइनलसम्म पुग्न सकेका छैनन् । त्यसैले दुवैलाई यो खेल इतिहास रच्ने मौका हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget