भारतको नजरमा नेपालका नवयुगः


फुटबलमा नेपालका लागि आज विशेष दिन हुन सक्दछ। नेपाल आज छैठौं साफ अन्तर्गत फाइनलमा भारतसंग भिड्दै छ। मालदिभ्सलाई सनसनीपुर्ण रुपमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।


केही समय यता धमाकेदार नतिजा दिइ रहेका नेपाली टोलीबाट आज जितको अपेक्षा गरिएको छ । अघिल्लो महिनमा मात्रै बंङ्गबन्धु गोल्ड कप कब्जा गरेर २३ वर्ष यताको जितको खडेरीलाई पार लगाएको नेपाली फुटबलले गति लिने संकेत गरिरहेका बेला आजको खेल महत्वपुर्ण हुनेछ। भारतलाई हराउनु कम चुनौतिपुर्ण छैन् तर नवयुग श्रेष्ठ चम्किए केही पनि असंभव छैन्-फुटबल पण्डित र प्रशंसकहरुको यही राय छ।



मालदिभ्स विरुद्द सनसनीपुर्ण ह्याट्रिक गरेपछि त सबैको मुखमै नवयुग श्रेष्ठ झुण्डिएका छन्। नवयुग श्रेष्ठको फर्म पनि उत्कृष्ट रहेको छ। पछिल्ला पाँच खेलमा मात्रै नवयुग श्रेष्ठले १० गोल गरिसकेका छन जसमा तीन शान्दार ह्याट्रिक सामेल छन्। यही साफ खेलमा मात्रै नवयुगले ६ गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा अग्रस्थानमा छन्।

यही प्रतियोगितामा पनि नवयुगले भुटान विरुद्ध ह्याट्रिक गरेर प्रतियोगिताको शुरुवात गरेका छन्। जारी प्रतियोगितामा नवयुगको प्रदर्शनले भुटान विरुद्ध नेपालले ५-० को जित निकालेको थियो, त्यसमा नवयुगको ह्याट्रिक सामेल थियो।

बंगलादेश विरुद्धको खेलमा नेपाल २-१ ले पराजित रहेको थियो। पछिल्ला समयमा उनले गोल गर्न नसकेको यहि मात्र खेल थियो। मालदिभ्स विरुद्ध ४-३ को जितमा ह्याट्रिक गरेर नायक उनै रहे ।

आजको खेलमा नेपाली टोली र प्रशंसकहरुो मात्र होइन प्रतिस्पर्धामा उत्रन लागको भारतको नजरमा पनि उनै नवयुग श्रेष्ठ हुनेछन्। जब जब नवयुगले गोल गर्दछन् नेपालले खेल जित्ने गरेको छ। र जब उनी गोल गर्दछन् एउटा दुइटामा चित्त बुझाउँदैन्। पछिल्ला ५ खेलमा ३ ह्याट्रिकले यसको पुष्टी गर्दछ । त्यसैले भारतलाई जितको नम्बर एक तगारो नवयुगनै बन्ने देखिएको छ।

आज भारत मैदानमा उत्रिँदा निरन्तर ह्याट्रिक गरिरहेका नेपाली स्ट्राइकर नवयुगलाई रोक्ने मुख्य रणनीति हुने भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ ।
nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget