राष्ट्रिय सरकार गठनमा उपप्रम गच्छदारलाई किन हतारो ? यस्तो छ मास्टरप्लान

काठमाडौं, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको चार महिना पुग्न लाग्दा त्यही सरकारका एक जना उपप्रधानमन्त्री विजयकुमार गच्छदार जोडदारका साथ राष्ट्रिय सहमतीय सरकारको आवाज उठाउन थालेका छन् ।
मधेसी जनअधिकार पार्टीका संस्थापकमध्येका एक गच्छदार विगतमा भएका मधेस आन्दोलनका एक प्रमुख हिस्सेदार पनि हुन् । यद्यपी अहिले उनी आन्दोलनकारी भन्दा शासकको भुमिकामा छन् ।
मधेसको नाम जपेर पटक पटक मन्त्री भएका गच्छदार अहिले देश दौडाहमा छन् । उपप्रधान सँगै अहिले भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हालेका गच्छदारले आफ्नो पद दुई चार वर्ष अझै लम्ब्याउन सहमतीय सरकार बन्ने दाबी गर्दै आएका छन् । र त्यो बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
सबै पार्टी मिलेर सरकार बने तत्कालै सरकार नढल्ने र आफ्नो पद पनि सुरक्षित हुने उनको मास्टर प्लान भएको उनी निकटस्थ नेताहरु बताउँछन् । यो उनको पहिलो योजना हो । अहिले प्रमुख दल कांग्रेस सरकार बाहिर छ । उसलाई सत्तामा ल्याउन गच्छदारदेखि प्रधानमन्त्री ओलीसम्म लागिपरेका छन् ।
देशमा चाँडै सहमतीय सरकार बन्ने बताउँदै आएका गच्छदारको अर्काे मास्टर प्लान भनेको संविधान कार्यान्वयन र देश विकास हो । यसैका लागि सहमतीय सरकार आवश्यक रहेको उनी बताउँदै आएका छन् ।
आइतबार सोलुखम्बु पुगेका गच्छदारले त्यहाँ पनि यही कुरा दोहार्याए । अब कम्तीमा ३ वर्षका लागि देशका सबै ठूला शक्ति सम्मिलित सरकार आवश्यक रहेको र त्यसको पहल भइरहेको भन्दै उनले चाँडै त्यसको नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे ।
देशमा अब राजनीतिक आन्दोलनभन्दा विकास निर्माणको आन्दोलन आवश्यक रहेकाले सबै दल मिलेर अबको १० वर्षमा देशलाई विकासको गतिमा उच्चतम् बनाउन अहिलेको सरकार कटिबद्ध रहेको पनि उपप्रधानमन्त्री गच्छदारको भनाई थियो ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget