विजय गच्छदार सिध्याउने राजेन्द्र महतोको प्लान !

विराटनगर, १९ माघ– उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार सदभावना अध्यक्ष राजेन्द्र महतोमाथि खनिएका छन् ।

विराटनगरमा मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले महतो आफूलाई समाप्त पार्ने खेलमा लागेको बताए ।


महतोले आफ्ना कार्यकर्ता भड्काएर आफूतिर तान्न खोजेको उनको भनाइ थियो । ‘राजेन्द्र महतो घरघर पुगेर हाम्रा कार्यकर्ता भड्काइरहेका छन्’, गच्छदारले भने, ‘उनी मलाई सिध्याउन लागेका छन् ।’


उनले महतोले आन्दोलनका नाममा मधेसी जनता भड्काएको टिप्पणी गरे । तराईको एक इन्च जमिन पहाडमा मिलाउन नहुने मधेसी नेताको अतिवादी सोच र तराईका जिल्लामात्र समावेश गरेर प्रदेश बनाउँदा मुलुक टुक्रिन्छ भन्ठान्ने पहाडी नेताको सोच दु्वै मुलुकका लागि घातक भएको तर्क गरे ।

उनले आफूले प्रस्ताव गरेको ८ प्रदेशले समस्या समाधान हुने दाबी गरे । मधेसी जनताको माग पुरा गराउन पार्टी सरकारमा सामेल भएकाले कुनै पछुतो नरहेको बताए ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget