काठमाडौं, २० माघ । चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैया (३ बिलियन युआन) लगानी ‘चाइना टाउन’ निर्माणका लागि अनुमति मागेको छ ।
सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक)ले काठमाडौंलाई औद्योगिक सहर बनाउन दुई वर्षभित्र निर्माण सक्ने गरी परियोजना प्रस्ताव गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
सय हेक्टर क्षेत्रफलमा निर्माण गरिने परियोजना प्रस्ताव एरेकले साताअघि नै काठमाडौं महानगरपालिकामा बुझाएको हो ।
करिब ४९८ अर्ब ९५ करोड नेपाली रुपैया खर्च हुने भनिएको परियोजनाको लगानी अवधि ६ महिना मात्र छ ।
dainiknepal
Post a Comment