भर्खरै नेपालको फुटबलमा नवयुग ल्याउने नवयुगले अब राजनीतिमा नवयुग ल्याउने यस्तो छ उनकेा खुलासा


गणेश थापाको एन्फाबाट भएको बहिर्गमनपछि धेरैले नेपाली फुटबलमा गणतन्त्र आएको टिप्पणी गरे।भर्खर भर्खरै गणतन्त्र आएको हाम्रोजस्तो देशमा गणतन्त्रलाई प्रगतिशील राज्य ब्यबस्था मानिन्छ।गणतन्त्र आउनु भनेको कष्टकर समयलाई इतिहासमा थन्क्याएर प्रगतिपथमा छलाङ हान्ने नवयुग आउनु हो भनेर हामीलाई बुझाईएको छ।भलै त्यो कुरा यद्यपि प्रमाणीत हुन बाँकी नै छ।तर गणतन्त्रसग नवयुगका धेरै अवधारणा र महत्वकाक्षांहरू जोडिएको हामीले भाषणहरूमा सुनेका छौं।त्यसैले होला राजा ज्ञानेन्द्रको श्रीपेच खोसिए जस्तै एन्फाको श्रीपेच खोसिएका गणेश थापाको बहिर्गमन पछि मान्छेहरूले नेपाली फुटबलमा गणतन्त्र आएको टिप्पणी गरे।उनीहरूको गणतन्त्रे टिप्पणीको संकेत अब फुटबलमा नवयुग सुरु गर्न मार्ग प्रसस्त छ भन्ने नै थियो र नभन्दै भयो पनि त्यस्तै।

वास्तवमा अहिले नेपाली फुटबलमा आएको गणतन्त्र , नेपाली राजनीतिमा आएको गणतन्त्रलाई एउटा गतिलो झापड हो। गणतन्त्र र कस्तो हुनुपर्छ भनेर यो पटक नेपाली फुटबल खेलाडीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रका नेताहरूलाई सिकाएका छन।एन्फामा गणतन्त्र आउन साथ नेपाली फुटबलले त्यस्तै अग्रगामी छलाङ हान्यो जुन छ्लाङ्को भाषणबाजी मात्रै गणतन्त्रका शुत्रधार नेताहरू गरिरहन्थे! तर बिरालोको नाम गणतन्त्र होस कि अरु नै कुनै तन्त्र, मुसा मार्दैन भने त्यसले अन्ततः आफ्नो औचित्य गुमाउँदै जान्छ। देशको निम्ति गोल गर्न नसक्नेर नचाहने खेलाडी  जो भए पनि फरक पर्दैन।फरक तब पर्छ जब गोलको वर्षा हुन्छ र बाघको मुखबाट उपाधी खोसेर देशको नाममा समर्पित हुन्छ।

कुरा गरौं नवयुगको। कल्पना गरौं त इलामे खेलाडी नवयुग श्रेष्ठ र सिगों नेपाली फुटबल टिम जस्तो प्रदर्शन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नेताहरूले गरेको भए !  एन्फामा गणतन्त्र आएको कुरा आँखा झिमिक्क गर्दा नगर्दै नवयुगका नवयुगहरूले प्रमाणित गरि दिए छन।त्यो पनि ह्या सहित १ अब पालो नेपाली राजनीतिका खेलाडीहरूको हो।त्यसैले आजको दिन नवयुगहरूले एउटा फुटबल म्याच मात्रै जितेका छैनन्।नवयुग कसरी र कुन स्पिरिटमा सुरु हुन्छ सिकाएका छन।एउटा समाबेशी नेपालको टिमवर्कको परिणाम के हुन्छ त्यो देखाई दिएका छन।त्यसैले यीनलाई आज  बधाई मात्रै दिने दिन हैन।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले यी नवयुगका नवयुगहरूबाट प्रेरणा लिएर सिक्ने दिन पनि हो।

setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget