नेपालसँग भारत पराजित भएपछि भारतीय मिडियाको यस्तेा प्रतिक्रिया फेरी विश्व हल्लाउने भो

४ फागुन, काठमाडौं ।

चीर प्रतिद्वन्द्धी भारतलाई पराजित गर्दै नेपालले २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । सोमबार भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा आफ्नै मैदानमा भारतीय खेलाडीहरुलाई २–१ ले हराउँदै नेपाली टिमले उपाधि उचाल्दा नेपालीहरुको शीर गौरवले उचो भएको छ ।

नाकाबन्दी गरिरहेको भारतलाई पराजित गरोस् भन्ने नेपाली मानसिकता र सामरिकरुपमा निक्कै चासोका साथ हेरिएको खेलमा भारतलाई हराउँदा नेपालीहरु दंग छन् । यस अघि क्रिकेटमा जितोस् भनेर गरिएको अपेक्षा फुटवलले पुरा गरिदिएको छ । क्रिकेटमा हारेको बदला मात्र होइन नेपालीहरुले नाकाबन्दी लगाउने भारतसँग समेत बदला लिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भैरहेको छ ।

यस अघी अण्डर-१९ क्रिकेटमा नेपाललाई पारजित गर्दा भारतीय मिडियाले ठूला ठूला हेडलाइन सहित ठूल्दाइ ‘भारतले नेपाललाई पाठ सिकाएको’ भनेर लेखेका थिए । तर फुटवलमा नेपालसँगै पराजित हुँदा भने भारतीय मिडियामा यस विषयले खासै महत्व पाएन । भारतीय मिडियाहरुले नेपालसँग हारेको भन्दा बढी भारतले स्वर्ण नजितेको भन्ने लाइनमा समाचार बनाएका छन् ।


भारतको प्रमुख अखबार टाइम्स अफ इण्डियाले भारत नेपालसँग २-१ ले पराजित भएको समाचार हेडलाइन बनाएको छ । तर अन्य मिडियामा नेपालसँग पराजित भएको कुरालाई भन्दा बढी भारतले स्वर्ण नपाएको मात्र उल्लेख गरेका छन् ।



क्रिकेटमा नेपाल पराजित हुँदा ‘ठूल्दाइ भारतले नेपाललाई पाठ सिकायो’ भनेर लेख्ने इण्डियन एक्सप्रेसले यसलाई महत्व दिएको छैन ।



सन् १९९५ देखि साग फुटवलमा स्वर्ण नजितेको भारतले आफ्नो पर्खाइलाई नेपालका कारण पर्खाइमै सीमित गर्नु परेको भन्दै नवभारत टाइम्सले नेपालले भारतको सपनामाथि तुसारापात गरिदिएको भनेको छ ।

हाफ टाइम सम्म भारत १-० ले अगाडी भएपनि दोश्रो हाफमा भने चुटिएको चर्चा भारतीय मिडियामा गरिएको छ ।

nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget