काठमाडौ फागुन ८ गते । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा कालो झण्डा देखाएका मधेशी विद्यार्थीलाई आज जेल पठाएको छ ।
शान्ति सुरक्षा खल्बलाएको आरोप लगाउँदै ती विद्यार्थीहरुलाई दिल्लीमै रहेको तिहार जेलमा पठाएको छ । सातको भ्रमणमा हिजो दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई एयरपोर्ट बाहिर कालो झण्डा देखाएको थियो । त्यसपछि साँझमा भारतस्थित नेपाली दूतावासमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन गएका प्रधानमन्त्री ओलीलाई सोही विद्यार्थीहरुले पुनः कालो झण्डा देखाएका थिए ।
कालो झण्डा देखाउने क्रममा करिव दुई दर्जन मधेशी विद्यार्थीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । हिजो प्रकाउ गरेका उनीहरुलाई त्यहीको थानामा राखेको थियो भने आज अदालतको आदेशमा फागुन ११ गतेसम्मका लागि जेल पठाएको छ ।
उनीहरुमाथि आइपीएस १०७ र १०५ को चार्ज लगाएको छ ।
दुतावासका अगाडीबाट उज्जवल झा, सुर्य किरण यादव, अविशेक मिश्र, विकास मिश्र, संजय यादवलगायत लाई पक्राउ गरेको थियो ।
ratopati
Post a Comment