यसरी विश्व क्रिकेटमा नेपाली खेलाडीले बनाएका केही रेकर्डहरु छन् ।
१. मेहबूब आलमको १० विकेटः
एकै खेलमा सबै १० विकेट लिने नेपालका मेहबूब आलम विश्वका एकमात्र खेलाडी हुन् । उनले सन् २००८ मा आइसीसी विश्वकप लिग अन्तर्गत मोजाम्बिक विरुद्ध बलिङ गर्दै एकै इनिङमा सबै १० विकेट लिएका थिए । उनको यस रेकर्डलाई गिनिज बुकमा समेत स्थान दिइएको छ ।
२. सोमपाल कामीको ४० रन:
नेपालका तिब्र गतिका बलर सोमपाल कामीको ब्याटिङ पनि उत्तिकै आक्रामक हुने गर्छ । त्यसैले टी–२० क्रिकेटमा त १० औँ नमबरमा ब्याटिङ गर्न गएर सबैभन्दा धेरै रन बनाउने खेलाडीमा उनको नाम विश्वकै पहिलो स्थानमा छ ।
सन् २०१३ विश्वकपमा उनले १० औँ नम्बरमा ब्याटिङ गर्न गएर केवल ३१ बलमा ४९ रन बनाएका थिए । उनले ४ चौका र २ छक्का हिर्काएका थिए ।
यसअघि यो रेकर्ड अफगानिस्तानका हमिद हसनको नाममा थियो । उनले २२ रन बनाएका थिए ।
kathmandutoday
Post a Comment