मिर्गौला रोगीले कस्तो खाने ???

मिर्गौला रोगीले कस्तो खाने ? के खान नहुने = खानामा पोटासियम कम गर्ने तरिका र खानामा ध्यान दिनुपर्ने कुराहरु अति नै महत्वपूर्ण जानकारी जानी राख्नुहोस के तपाई लाई काम नलागे पनि कसैको लागी अति नै महत्वपूर्ण हुनसक्छ ।ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो

मिर्गौला रोगमा औषधिका साथै खानाको व्यवस्थापन पनि उत्तिकै जरुरत छ । यो रोगमा पनि खानाको व्यवस्थापन गर्दा व्यक्तिगत अवस्था, उचाई, तौल, लिंग, दैनिक काम, रोगको अवस्था, खाने वानी आदिलाई ध्यान दिनुपर्छ । मिर्गौला रोगमा खानाको व्यवस्थापन गर्नुको उद्देश्य मिर्गौलाको नियमित काम सुचारु राख्न, पोषण स्थितिमा सन्तुलन कायम राखी कुपोषणबाट बँच्न तथा अन्य संक्रमणबाट बचाउन, शरीरका तन्तुहरू टुक्रिने प्रक्रियालाई नियन्त्रणमा राख्न, शरीरका लागि आवश्यक विभिन्न तत्वहरू सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस आदिको सन्तुलन कायम राख्न र शरीरमा पानीको सन्तुलन राख्नु हो ।



खानामा ध्यान दिनुपर्ने कुराहरु



प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, दूध, दही, दाल, गेडागुडी आदिले मिर्गौलाको काम बढाउने हुनाले कार्य क्षमताका आधारमा सिफारिस गरे भन्दा बढी खानु हुँदैन । शरीरमा प्रोटिनको अधिकतम तथा राम्रो उपयोगका लागि सिफारिस गरिएको प्रोटिनमध्ये ५० देखि ६० प्रतिशत उच्चकोटीको प्रोटिन भएका खानेकुरा माछा, मासु, अण्डा, दूध, दही आदि निर्धारित मात्रामा प्रत्येक खानामा पर्ने गरेर समावेश गर्नुपर्दछ ।



शक्ति दिने खानेकुराहरू, विभिन्न प्रकारका अन्न, चिल्लो पदार्थ, गुलियो पदार्थ आदि कम भएमा कुपोषित हुने र शरीरका तन्तु टुक्रिने हुनाले यस्ता खानेकुरा आवश्यक मात्रामा समावेश गर्नुपर्छ ।



कम वा शून्य प्रोटिन भएको तर शक्तिबर्धक खानेकुरा चिनी, ग्लुकोज, मह, चिल्लो पदार्थ, साबुदाना, आरारुट पाउडर आदि शरीरको आवश्यकता तथा अवस्था अनुसार दैनिक भोजनमा पर्याप्त मात्रामा समावेश गर्नुपर्छ ।



रक्तचाप बढी हुने, शरीर सुन्निने आदि समस्या हुनेले नुन निर्धारित मात्रामा मात्र प्रयोग गर्नुपर्छ ।



पिसाव कम भएमा वा शरीरमा सुजन छ भने पिसावको मात्राको आधारमा मात्र पानी पिउनु पर्छ ।



रगतमा पोटासियमको मात्रा बढी भएको अवस्थामा पोटासियम कम भएका खानेकुरा खानामा समावेश गर्नुपर्दछ । रगतमा फोस्फोरस बढी भएमा फोस्फोरस कम भएका खानेकुरा खानामा समावेश गर्नुपर्छ ।



एकै प्रकारका खानेकुरा खाँदा विरामीलाई खानाप्रति अरुची हुने हुनाले निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

निर्धारित चामल र पिठोको परिमाणबाट भात र रोटी मात्र नभई फ्राइ राइस, पुवा, खिर, पराठा, पुरी आदि बनाउन सकिन्छ ।

सादा दूधको सट्टा सोही बराबरको दही, लस्सी र अन्य दूधका परिकार तयार गर्न सकिन्छ ।

उसिनेको अण्डाको सट्टा अण्डाको बुर्जी, एग करी, एग फ्राइड राइस, एग सुप, अण्डा च्युरा आदि तयार गर्न सकिन्छ ।

दूध,मासु र अण्डाको सट्टा सिफारिस गरिएको मात्रामा माछा, दाल, गेडागुडी आदि लिन सकिन्छ ।

सावुदना, कस्टार्ड, कर्नफ्लोर, आदि शुन्य प्रोटिन भएका खानेकुराका विभिन्न परिकार बनाएर खानाको स्वाद परिवर्तन गर्न सकिन्छ ।



खान नहुने

सिफारिस गरिएभन्दा बढी मात्रामा केही नखाने

बदाम, काजु, ओखर, अंजिर, पेस्ता नखाने

कोकाकोला, फेन्टा जस्ता पेय पदार्थ नखाने

बढी मात्रामा मसला नखाने

हर्लिक्स, भिभा, बोर्नभिटा, कम्पलान नखाने

सिफारिस गरिएभन्दा बढी फलफूल पनि नखाने

आलु चिप्स, नुनीलो बिस्कुट, पापड, दालमोठ

पुरानो अचार जस्ता बढी नुन भएका अन्य खानेकुरा

टीनमा बन्द गरिएका खानेकुरा

चीज, बटर जस्ता नुनीला खानेकुरा

अजिनो मोटो, खाने सोडा, बेकिङ्ग पाउडर हालिएका खानेकुरा

सोयाबिन सस तथा तयारी सूपहरू

प्रशोधित मासु, माछा

चिया, ग्रिन टी आदि नपिउने ।

खानामा पोटासियम कम गर्ने तरिका

बोक्रा तथा केलाउनुपर्ने सबै सागसब्जी केलाएर पखाल्ने ।

सानो सानो टुक्रा पारेर काट्ने ।

तरकारी मनतातो पानीमा २ घण्टा भिजाउने र भिजाएको पानी फाल्ने ।
helth
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget