माल्दिभ्सविरुद्धको खेलमा नेपाली खेलाडीहरु । नेपाल २-१ ले अगाडि

काठमाडौंः  १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत गुहावाटीमा भइरहेको सेमिफाइनल खेलमा माल्दिभ्सले नेपालविरुद्ध गोल गर्न सफल भएको छ ।

नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको अवस्थामा दोस्रो हाफको शुरुमै माल्दिभ्सले गोल गर्दै नेपालको अग्रता २–१ मा छोट्याउन सफल भएको हो ।

माल्दिभ्सका लागि खेलको ५२ औं मिनेटमा मोहम्मद हम्जाले गोल गर्दै अग्रता छोट्याएका हुन् ।


यसअघि नेपालका लागि खेलको १५ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल भएका थिए ।

त्यसपछि खेलको ३६ औं मिनेटमा गोल गर्दै नवयुग श्रेष्ठले २–० को अग्रता दिलाउन सफल भएका थिए ।

यसअघि बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकपमा नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गरेको थियो ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget