घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार


म्यानचेस्टर– युरोपा लिगको राउन्ड ३२ अन्तर्गत गए राति भएको खेलमा इङ्लिस प्रिमियर लिगको शक्तिशाली क्बल म्यान्चेस्टर युनाइटेड डेनिस क्लब एफसी मिडजालान्डसँग २-१ ले पराजित भएको छ। ओल्ट्राफोडमा भएको खेलको ३८ औं मिनेटमा जेसे लिङ्गार्डको पासमा मेर्फिज डिपेले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए।


इङ्लिस क्लबको अग्रता धेरै समय भने टिक्न सकेन। हाफ टाइम हुनु अघि ४४ औं मिनेटमा मिडजालान्डका लागि पिओने सिस्टोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइदिए। युगान्डामा जन्मिएका सिस्टोको गोलमा अग्रता लिएको डेनिस क्लबले ७७ औं मिनेटमा निर्णायक गोल गर्याे। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका पउल ओनाचुले आकर्षक ढंगले बललाई पोस्टको बाटो देखाउँदा म्यानचेस्टर युनाइटेड स्तब्ध बन्न पुग्यो।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget