कोइरालाको हिरो बन्ने सपना राजा महेन्द्रले तुहाएका थिए

मंगलबार एकाबिहानै देश एउटा अप्रिय खबर सुन्दै बिउँझियो। देशले त्यागी नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशिल कोइराला गुमाएको खबर पायो। देश उनको निधनबाट दु:खी भएको छ। जाँदाजाँदै देशलाई संविधानसभाबाट नेपालको भविष्य कोर्ने संविधान जारी गरेर उनले एउटा हदसम्म एउटा नायकको छवि स्थापित गरे।
जीवनमा मान्छेका आफ्नै सपना हुन्छ तर परिस्थितिले ती समानालाई बिचमा छोड्दै नियतिको अर्को बाटो समात्ने परिस्थिति निर्माण गरिदिन्छ जसका कारण मान्छे आफूले कुनै हिड्न कल्पना नगर्ने बाटो हिड्नुपर्छ। सुशिलको जीवनमा पनि त्यहि भयो। आज आफ्नो त्यागी र स्वच्छ राजनीतिक छविका नायक बनेका सुशिलको सपना हलिउडको हिरो बन्ने थियो। त्यसको खुलासा उनले कलाकारहरुसँगको एक भेटमा  उनी आफै गरेका थिए जसको कथा यस्तो छ।
२००७ सालमा प्रजातन्त्र आएपछि वि पि कोइराला देशको पहिलो जननिर्वाचित सरकारलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्त गरि देशको शासन प्रत्यक्षरूपमा आफ्नो हातमा लिए। देशमा प्रजातात्त्रिक व्यवस्थाको हरण भयो, निर्दलिय पञ्चायती शासन व्यवस्था सुरू भयो। यो बदलिएको परिवेशले सुशिल कोइरालाको बाटो पनि मोडिदियो।
हलिउडमा आफ्नो भाग्य चम्काउनका लागि २०१६ साल अघि नै कोइरालाले आफ्नो कलाकार बन्ने ध्येयलाई पछ्याउँदै भारतमा फोटोग्राफी र नृत्यसम्बन्धी प्रशिक्षण लिइसकेका थिए। उनको हातमा अमेरिकाको भिषासमेत आइसकेको थियो। महेन्द्रको 'कु'ले कोइरालाको जीवनमा फिल्ममा जस्तै अन्यासै एउटा उनले नचिताएको ट्विस्ट आयो र उनको जीवनकथाको स्क्रिप्ट नै बदलियो।
कोइरालाको सिल्भर स्क्रिनमा जम्ने चाहाना थाती रह्यो । उनी राजनीतिमा होमिए। कोइरालालाई नजिकबाट चिन्नेहरुका अनुसार राजा महेन्द्रले 'कु' दुई महिना ढिलो गरि गरेका हुन्थे भने उनी हलिउडका आफूलाई उभ्याउन संघर्षरत: हुन्थे। कोइरालाको कलाकार बन्ने सपना त पूरा भएन तर नेपालको लामो प्रजातान्तिक आन्दोलन र राजनीतिमा प्रजातन्त्रलाई बलियो पार्ने काममा भने फिल्मको नायक जस्तै गरि लागि रहे।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget