वीरगञ्ज – भारतको रक्सौलबाट इन्धन भरेर नेपाल फर्कदै गरेको नेपाल आयल निगमको ट्यांकर भारतमा लुटिएको छ । भारतको बरौनीमा इन्धन भर्न गएको ट्यांकर भारतको रामगढुवा नजिकै लुटिएको बताइएको छ ।
रक्सौलभन्दा २० किलोमिटर टाढा रहेको उक्त स्थानमा ड्राइभर र सहचालकलाई उतारेर ट्यांकर लुटिएको स्थानीय ट्यांकर व्यवसायीले बताएका छन् ।
२० किलोलिटर क्षमता भएको उक्त ट्यांकरको नम्बर ना ४ ख ३१५२ नम्बरको रहेको छ । चालकको नाम कुमार रहेको बताइएको छ भने सहचालकको नाम खुल्न सकेको छैन ।
यस विषयमा आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेसँग पुष्टि गर्न खोज्दा उनले यस विषयमा हालसम्म जानकारी नआएको र ढुवानी व्यवसायीसँग बुझिरहेको बताएका छन् ।
ratopati
Post a Comment