अाजकाे राशिफल / २०७२ फाल्गुन ०५ गते बुधबार

आजको पञ्चाङ्ग

वि.सं. २०७२ फाल्गुन ०५ गते बुधबार तदनुसार ई. सं. २०१६ फेब्रुवरी १७ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :— ११३६, (सिल्लाथ्व)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे
माघ शुक्लपक्षको दशमी तिथि, मध्यरात्रीपछि १२:४० बजेसम्म, त्यसपछि एकादशी तिथि,
मृगशिरा नक्षत्र, बिहानको राती ०४:४२ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा बृष राशिमा, साँझ ०५:०६ बजेसम्म, त्यसपछि मिथुन राशिमा,
वैधृति योग, दिउँसो १०:३४ बजेसम्म, त्यसपछि विष्कुम्भ योग,
तैतिल करण, दिउँसो ०१:२४ बजेसम्म त्यसपछि गर करण,
आनन्दादि योग : अमृत, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : उत्तर,
आजको व्रत÷पर्व : शल्य दशमी,
आजको मूहुर्त : शुभविवाह, अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, गृहारम्भ, शिलान्यास(जग राख्ने), गृहप्रवेश, वास्तुमुहूर्त, घर छाउने÷ढलान गर्ने, पुराणश्रवण,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : भीमा एकादशी व्रत,
भोलिको मूहुर्त : ब्रतबन्ध (उपनयन), दीक्षाग्रहण,
०७ गते : भीष्म द्वादशी, प्रजातन्त्र दिवस, नेवारी पर्व सन्याडुली, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी,
०८ गते : शनिप्रदोष व्रत, सौभाग्यसूर्प दान, रुद्राभिषेक(रुद्रीपूजा), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh
प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish
आज मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । मित्र, परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्न सक्दैनन् । यात्राबाट उल्लेखनीय लाभ हुने सम्भावना छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun
मिश्रित प्रभाव भएको दिन छ । आज दिउँसोबाट मनमा उत्साह र उमंगमा सकारात्मकता देखिन सक्छ, तर भनेजस्तो सफलता प्राप्त नहुन सक्छ । असन्तुष्टि बढ्ने छन् तर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat
सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha
मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार÷व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
पारमार्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्नसक्छ । झैझगडाबाट टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धनको उपयोग हुनसक्छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula
आलस्य र थकानको अनुभूति हुनेछ, उता झर्को लाग्दो यात्राको सम्भावना पनि छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik
बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि शैक्षिक र बौद्धिक क्षेत्रमा पनि कमजोरी देखिन्छ । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्धमा तिक्तताको अनुभूति भए पनि बेलुका घरायसी वातावरणमा केही सुधार आउने छ । प्रणय र रोमान्सका लागि समय निस्कने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । पाचनप्रणाली र नसासम्बद्ध रोगले समेत दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । मातृशक्तिको उपासना र विपरीतलिङ्गीको सहयोग लिनसके गरेको काममा फाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar
शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ, व्यवहारिक कारणले दिउँसोसम्म समय निकाल्न गाह्रो भए पनि दिन ढल्दै जाँदा समय अनुकूल हुँदै जानेछ । सन्ततिका लागि आर्थिक पक्षमा लगानी बढ्न सक्छ । आज जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नुपर्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha
सुरुवातमा मन खिन्न भए पनि आज गरिएको प्रयासमा ढिलो गरी सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean
आजको दिन सामान्यतया राम्रै दिन छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले अलि बढी सास्ती ब्यहोर्नु पर्छ । सामाजिक काममा खट्नु पर्छ, तर असन्तुष्टि र निराशा बढ्न सक्छ । अरुले गरेका गल्ती र कमजोरीको गुणदोष सबैको जिम्मा लिंदै आफैंले नेतृत्व गरेमा काममा सफलता पाउनु हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget