फाल्गुन ५, २०७२- उपराष्ट्रपति नन्दबहादुर पुनले १२ वैशाखको विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणका लागि आफ्नो एक महिनाको तलव दिने भएका छन् । उपराष्ट्रपति पासाङका स्वकीय सहसचिव तुलसी डाँगीले भत्किएको धरहरा पुनःनिर्माणका लागि उपराष्ट्रपतिले एक महिनाको तलव दिने बुधबार जानकारी दिए ।
‘उपराष्ट्रपतिज्यूले भत्किएको धरहरा पुनःनिर्माणका लागि आफ्नो एक महिनाको तलव दिनु हुने भएको छ,' स्वकीय सहसचिव डाँगीले भने, ‘विश्व सम्पदाको सूचीमा रहेको नेपालको गौरव धरहरा भूकम्पले भत्कियो । भत्किएको धरहराको छिटो भन्दा छिटो पुनःनिर्माण हुनुपर्छ भन्नेमा उपराष्ट्रपति हुनुहुन्छ ।’
उपराष्ट्रपति पासाङले भूकम्पले भत्किएका अन्य विश्व सम्पदाको सूचीमा रहेका अन्य संरचनाहरुको पनि छिटो पुनःनिर्माण हुनुपर्ने धारणा राख्नुभएको छ । ‘धरहरामात्रै होइन भूकम्पले भत्किएका विश्व सम्पदाको सूचीमा रहेकासहित सबै संरचनाको पुनःनिर्माणको काम तुरुन्तै सुरु हुनुपर्छ भन्नेमा हुनुहुन्छ,' डाँगीले भने ।
ekantipur
Post a Comment