दिल्लीकाे नाकाबन्दी खाेल्न नेपाली सेनाबाट पहल


काठमाण्डाै ६ फागुन ।  भारत र नेपालको सैनिक तथा कूटनीतिक स्रोतहरूले बताएअनुसार मंसिरदेखि नेपाली सेनाको युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाको नेतृत्वमा गोप्य सैनिक टोली दिल्ली बसेको थियो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वासपात्र थापाको नेतृत्वमा सेनाका एकजना महासेनानी र प्रमुख सेनानी पनि थिए । थापाको करिब दुई साता लामो गोप्य भारत बसाइमा महत्त्वपूर्ण भेटवार्ता भयो । उनीहरूको दिल्ली मिसनबारे राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री भीम रावल र अर्थमन्त्री विष्णु पौडेल जानकार थिए ।
प्रधानसेनापतिले गृहकार्य गर्न लगाएर कन्फिडेन्सियल भ्रमण गराएका थिए । सेनाको विशेष मिसन तिहारलगत्तै दिल्ली गएर बसेको थियो । सैन्य स्रोतका अनुसार नाकाबन्दी भएदेखि नै सेनाले तराईको परिस्थितिबारे सूक्ष्म अध्ययन गरिरहेको थियो ।
सेनाको बुझाइमा तराईको आन्दोलन राजनीतिक, ल एन्ड अर्डर, राष्ट्रिय सुरक्षा र भारतसँगको कूटनीतिक गरी चार तरिकाबाट समाधान हुन्थ्यो । सेनाले तराईलाई नै केन्द्रमा राखेर गरेको अध्ययनमा नाकाबन्दीले नेपाल र भारतबीच चार विषयमा दीर्घकालीन प्रभाव पार्न सक्ने निष्कर्ष निकालिएको थियो ।
सुरक्षा र सामरिक प्रभाव, नेपाल–भारत सम्बन्धको कूटनीतिक प्रभाव, आर्थिक प्रभाव र सामाजिक प्रभाव पर्ने सेनाको विश्लेषण थियो । दिल्ली पुगेको सैन्य टोलीले आफ्नो विस्तृत अध्ययन विवरणसहित भारतीय सैनिक नेतृत्वसँग पटक–पटक छलफल गरेको थियो ।
प्रधानसेनापतिको तर्फबाट नेपाली सेनाका उपरथी थापाले भारतका गृहमन्त्री राजनाथ सिंह, रक्षामन्त्री मनोहर परिकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय सेनाका स्थल सेनाध्यक्ष दलवीर सिंहसँग प्रत्यक्ष–परोक्ष कुराकानी गरेपछि परिस्थिति बदलिएको थियो ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget