म्याच फिक्सिङको पर्दाफासपछि फुटबलमा नयाँ चमत्कार

काठमाडौं, फागुन ६ ।  फागुन महिना दिनमै दुई ठूला उपलब्धि–  बंगबन्धु कप जितेको केही हप्तामै नेपालले साग फुटबलमा स्वर्ण पदक जितेपछि नेपाली फुटबलमा नवयुगको आगमन भएको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा लगातारको सफलतापछि खेलाडी र प्रशिक्षकले जति प्रशंसा कमाएका छन्, प्रहरीले पनि त्यत्तिकै प्रशंसा पाइरहेको छ । एन्फा पदाधिकारीको भ्रष्टाचार र खेलाडीहरू म्याच फिक्सिङको जालोमा पर्दा नेपाली फुटबल निरन्तर खस्किएको थियो । तर, पछिल्लो तीन महिनामै फुटबलले चामत्कारिक प्रदर्शन गरेको छ ।
खेलाडीलाई आजीवन प्रतिबन्ध महानगरीय अपराध महाशाखाले राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापासहित पाँच खेलाडीलाई पक्राउ गरी राज्यविरुद्धको अपराध मुद्दा चलाएको थियो ।
२७ असोजमा प्रहरीले थापासहित राष्ट्रिय टोलीका गोलरक्षक रितेश थापा, राष्ट्रिय खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीलाई मुद्दा दायर गरेपछि उनीहरू धरौटीमा छुटेका छन् । एएफसीले उनीहरूलाई फुटबलमा आजीवन प्रतिबन्ध लगाइसकेको छ । विशेष अदालतमा उनीहरूको मुद्दा विचाराधीन छ ।
गणेश थापा बाहिरिएपछि सफलता–  लामो समय नेपाली फुटबलमा राज गरेका गणेश थापालाई समेत फिफाको अनुशासन कमिटीले १० वर्षका लागि प्रतिबन्ध लगाउँदै २० हजार स्विस फ्रयांक जरिवानासमेत गरेको छ । नेपाली फुटबलमा सधैँ विवादका पात्र रहेका थापा बाहिरिएपछि फुटबलमा सफलता पाउनु संयोग मात्र नभएको खेलाडीहरू बताउँछन् ।
एसएसपी खनाल खुसी–  नेपाली राष्ट्रिय टिमले पछिल्ला दुई उपाधि जितेपछि धेरै सर्वसाधारणले म्याच फिक्सिङको अनुसन्धान गर्ने एसएसपी सर्वेन्द्र खनाललगायतका प्रहरीलाई बधाई दिएका छन् । गणेश थापाकै कारण फुटबल लामो समय ओरालो लागेको भन्दै उनको थप आलोचना भइरहेको छ ।
फुटबलका पछिल्लो सफलताले आफू पनि खुसी रहेको एसएसपी खनाल बताउँछन्  । म्याच फिक्सिङको अनुसन्धानकै कारण फुटबलमा यो सफलता हात परेको भन्दै धेरै खेलाडीले समेत बधाई दिएका छन्,’ एसएसपी खनाल भन्छन्, ‘अब सायद फुटबलमा म्याच फिक्सिङ नहोला ।’
कहिले–कहिले म्याच फिक्सिङ ?– अन्तर्राष्ट्रिय बुकीहरूसँग पैसा लिएर नेपाली खेलाडी तथा पदाधिकारीले मिलेमतोमा देशलाई हराउँदै आएका थिए । खेलाडीले एउटा खेलबाट पाँच हजार अमेरिकन डलरसम्म लिएका थिए । सन् २००८ देखि गत वर्षसम्मका खेलमा म्याच फिक्सिङ भएको प्रहरीले जनाएको छ ।
सन् २००८ मा मोर्डेका कपमा अफगानिस्तानसँग म्याच फिक्सरको निर्देशनअनुसार २–२ को बराबरी खेलेको प्रहरी दाबी छ । सोही वर्ष सेरालियनविरुद्ध ४–० ले हार्ने गरी म्याच फिक्सिङ भएको थियो ।
तर, नेपाली किपर नितेश थापा घाइते भएर परिवर्तन भएपछि नयाँ किपरका कारण खेल नेपालले ५–० ले हारेको थियो । सम्झौताअनुसार म्याच फिक्सिङ नगरेको भन्दै नेपाली खेलाडीले पैसा नपाएको अन्तर्राष्ट्रिय म्याच फिक्सर विल्सनराज पेरुमलले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
त्यस्तै, २००९ को साग च्याम्पियनसिप, सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेल, फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतसँग भएको नेहरू कप र सन् २०१४ मा कोरियामा भएको साफ गेमको फुटबलमा म्याच फिक्सिङ गरेको प्रहरीले जनाएको छ ।
बुकीहरूसँग नेपाली खेलाडीले पैसा लिएको कागजपत्रसमेत प्रहरीले फेला पारेको थियो । वेस्टर्न युनियन मनी ट्रान्सफर र साइबर मनी ट्रान्सफरबाट विदेशबाट आएको रकम अञ्जन केसीले पटक–पटक लिएका थिए ।
उनले नै धेरैजसो म्याच फिक्सिङमा दलाल र नेपाली खेलाडीबीच फिक्सिङको डिल गरेका थिए । दुई वर्षअघि काठमाडौंमा भएको दशौँ साफ च्याम्पियनसिपमा पनि नेपालले शंकास्पद खेल खेलेको थियो ।
नेपालका स्ट्राइकर रोहित चन्दले दुई–दुईपटक पेनाल्टी मिस गरेका थिए । फिक्सिङमा गणेश थापा पनि तानिएका थिए म्याच फिक्सिङमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापासमेत प्रहरी छानबिनमा तानिएका थिए ।
तर, पक्राउ परेका खेलाडीले नपोलेपछि थापालाई प्रहरीले तान्न सकेन । एन्फा स्रोतका अनुसार क्षमताका आधारमा भन्दा अध्यक्ष थापा पक्षका खेलाडीहरू मात्र राष्ट्रिय टिममा छनोट हुन्थे ।
त्यही आधारमा फिक्सिङसम्म हुन्थ्यो । ‘खेलाडी र पदाधिकारी सबैले खेल हारे पनि मस्त पैसा कमाउँदै आएका थिए,’ एक पूर्वखेलाडी भन्छन्, ‘त्यही कारण फुटबल भने सधैँ पछाडि परिरह्यो ।’ -नयाँ पत्रिकाबाट
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget