
काठमाडौँ, २२ माघ, मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी नाकामा धर्ना दिने कार्यक्रम फिर्ता लिने मनिस्थति बनाएको छ । नाकाबन्दीबाट काठमाडौँमा भन्दा मधेसका सीमावर्ती जिल्लाका जनताले नै बढी सास्ती खेप्नु परेको निष्कर्ष मोर्चाका नेताहरुको छ । कालोबजारी, तस्करी बढेको र त्यसलाई सरकार नै संस्थागत गर्न लागेकाले नाका खोल्ने मनस्थिति बनाएको सद्भावना अध्यक्ष राजेन्द्र महतोले बताए । महतोले आफैँ मोर्चासँग नाका खोल्ने प्रस्ताव लैजाने पनि बताएका छन् । भारतको विहार र उत्तरप्रदेशको भ्रमणबाट फर्किए लगत्तै मोर्चा आन्दोलनको स्वरुप परिवर्तन गर्दै नाका अवरोध हटाउने निष्कर्षमा पुगेको हो । तर वास्तविक रुपमा नाका खोल्न लचिलो हुनुका ५ कारणहरु भने आजको नयाँ पत्रिकाले यसरी लेखेको छः
(१) नाकाबन्दीको सुरुका दुई साता काठमाडौँ, पोखरा, हेटौँडालगायतका सहरी क्षेत्र अस्तव्यस्त बनाउन सफल भएको, तर विस्तारै तस्करी बढे पनि आन्दोलनको प्रभाव भने घटेको निष्कर्ष ।
(२) अर्थतन्त्र धराशयी हुँदै गएकाले काठमाडौँलगायत पहाडी क्षेत्रमा मधेसी नेता विरोधी भावना बनेको महसुस ।
(३) पछिल्ला दिनमा पहाडमा भन्दा तराईमा नाकाबन्दीले नकारात्मक असर पारेकाले विरोध उठ्नसक्ने आँकलन ।
(४) जोगवनी र सुनौलीको नेतृत्व लिएका उपेन्द्र यादव र महन्थ ठाकुर धर्नामा नगएको र वीरगन्जको धर्नाले मात्र प्रभाव नपरेको निष्कर्ष ।
(५) संविधान संशोधनपछि नाकाबन्दी फिर्ता लिन मोर्चालाई भारतीय संस्थापन पक्षको सुझाव ।
aajakokhabar
Post a Comment