‘देशको लागि मरिमेटेर खेल्यौं, सरकारले सोचोस्’, यसो भन्छन् खेलाडी


काठमाडौं, फागुन ६ । राजनीतिकरण, निहीत स्वार्थ, न्यून आर्थिक लगानी, खेल पदाधिकारीको खिंचातानी, म्याच फिक्सिङबाट गुमेको विश्वास नेपाली खेल क्षेत्रले ब्यहोरेको पछिल्ला विशेषता हुन् ।

उसै त कमजोर, त्यसमा पनि मिलेमतो गर्दै खेल हार्ने जस्तो गम्भीर अपराध हुन थालेपछि नेपाली फुटबलबाट सबैले आशा मार्न थालेका थिए ।

खेल मिलेमतोमा लागेर राष्ट्र र जनताको भावनामा कुठाराघात गर्नेहरुको नकाव एकपछि अर्को गर्दै उतारिएपछि अवसर र जिम्मेवारी पाएका युवा खेलाडीले फुटबलप्रेमी नेपालीको विश्वासमा आशा जगाउँदै पस्किए, साग क्षेत्रकै उच्च सफलता, फुटबलमा स्वर्ण पदक ।

त्यसमा पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराएपछि कसको शीर नउचालियोस् !
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget