नेपाली फुटबल टोलीलाई धुर्मुस–सुन्तलीले दिए २ लाख

२३ वर्षपछि सागको उपाधि जितेर इतिहास रच्न सफल नेपाली फुटबल टोलीलाई हास्य कलाकार दम्पती सिताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस–सुन्तली’ ले रु. दुई लाख नगदसहित कदर पत्र, अबिर र सयपत्री मालाले सम्मान गरेका छन् ।

फिनल्याण्डस्थित नेपाली संस्था ‘नेपाली इन ताम्पेरे’ ले सहकार्यमा उनीहरुले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ मार्फत् बुधबार नेपाल फर्किएको टोलीलाई आफ्नै कार्यालयमा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा खेलाडीद्वय नवयूग श्रेष्ठ र गोलकिपर विकेश कुथुले टोलीका तर्फबाट प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरेका थिए ।

फाइनल खेलमा भारतविरुद्ध दुई एक गोल अन्तरले विजय हासिल गरेका खेलाडीलाई सम्मान गर्दा उनीहरु हर्षित देखिन्थे ।

.setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget