फुटबल 'हिराेहरू' काे स्वागत र नगर परिक्रमा


सागमा भारतलाई हराउन सफल नेपाली फुटबल टोलीको राजधानीमा भव्य स्वागत गरिएको छ।

साग फुटबलमा नेपाललाई बिजयी बनाउन सफल नेपाली राष्ट्रिय फुटबल टोली बुधबार पौने ५ बजे त्रिभुवन विमानस्थलमा आइपुग्दा त्यहाँको रौनक नै अर्कै थियो। उल्लेख्य संख्यामा रहेका सुरक्षाकर्मीको बीचबाट खेलप्रेमीहरु टोलीको स्वागतका लागि तछाड मछाड गरिरहेका थिए। यति सम्मकि काखे बालक बोकेका महिलाहरु पनि नेपाली फुटबल टोलीको स्वागतका लागि विमानस्थल पुगेका थिए।

होटल व्यवसायी सुवाहरु, खेल प्रेमी युवा तथा विभिन्न संघसंस्थामका प्रतिनिधिहरुको भीडमा फोटो पत्रकार र क्यामेरापर्सनहरुलाई दृश्य कैद गर्न हम्मे हम्मे परेको थियो। पञ्चेबाजा, शुभचिन्तकका सिठ्ठी र हुटिङकाबीच त्यहाको दृश्य साह्ै मनोरम र हषोल्लासपुर्ण बनेको थियो।

अपरान्ह ३ बजे टोली नेपाल आईपुग्ने खबरले विमानस्थल पुगेका खेल प्रेमी, सुभचिन्तक, पत्रकार सबै व्यग्रताका साथ अपरान्ह ५ बजे सम्म पर्खिरहे। विमानस्थलका कर्मचारी जहाजमै गएर खेलाडीहरुको स्वागत गरेका थिए। खेलाडीहरुलाई विमानस्थलको आगमन कक्षबाट बाहिर निकस्न पनि हम्मे हम्मे परेको थियो। खेलप्रेमीहरु हुटिङ गर्दे उनीहरुको फोटो आफ्नो मोबाईलमा कैद गर्न व्यस्त बनेका थिए।

फुटबल टोलीलाई विमानस्थलबाट सिधै सेनाको  गाडीमा राखेर नगर परिक्रमा गराईएको थियो। विमानस्थलबाट सुरु भएको विजय जुलुस तिलगंगा चोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै दशरथ रंगशालामा पुगेर टुङ्गिएको थियो। नेपाली टोली भद्रपुर विमानस्थल हुँदै काठमाण्डौं आएको हो।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget