काठमाडौँ – तेइस वर्षपछि दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाएका नेपाली फुटबल टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
भारतमा भएको बाह्राँै दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गको पुरुष फुटबलमा स्वर्ण जितेको नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी, खेलप्रेमी, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, हास्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला, गायिका कोमल वलीलगायतका कलाकारले हातमा राष्ट्रिय झण्डा बोकेर भव्य स्वागत गरेका थिए ।
ratopati
Post a Comment