पाँच महिना नाकाबन्दी गरेर आम नेपाली जनताको आलोचनाको केन्द्र बनेका भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको औपचारिक स्वागतकै क्रममा खुलेर प्रशंसा गरे ।
राष्ट्रपति भवनमा ओलीको स्वागतका लागि कारसम्मै पुगेका मोदीले ओली कारबाट झर्ने बित्तिकै हात जोडेका थिए । कारबाट निस्कदै गर्दा ओलीले मोदीलाई भन्दा पहिला भारतीय सेनाको टुकडीलाई हेरे । ओलीले मोदी तर्फ हेर्न नपाउदै मोदीले भने हात जोडिसकेका थिए । मोदी हात जोडेर केहीबेर उभिएपछि मात्र ओलीले मोदीतर्फ हेरे । मोदीले नमस्कार गरेको देख्नासाथ ओलीले नमस्कार फर्काए । मोदीले औपचारिक स्वागत गर्नु अघि उनीहरुबीच छोटो कुराकानी भयो ।
हात मिलाउने बित्तिकै मोदीले ओलीलाई सञ्चो बिसन्चो सोधेका थिए । ओलीले ‘सब ठिक छ’ भन्ने जवाफ दिए । ओलीको यो जवाफ पाए लगत्तै मोदीले ओलीको व्यक्तित्वको प्रशंसा गर्दै भने, ‘काफी स्मार्ट लग रहे हो ।’
ओलीले किन नमस्कार गरेनन् ?
औपचारिक स्वागतकै क्रममा मोदीले हात जोडेर नमस्कार गरिरहदा प्रधानमन्त्री ओली भने हात नजोडि हेरिरेको दृश्यले सामाजिक सञ्जालमा चर्चा पाएको छ । मोदीले सम्मानित ढंगले हात जोड्दा ओली पत्नी राधिका शाक्यले मुस्कुराउदै हात जोडे पनि ओलीले भने हात जोडेका छैनन् । यही तस्बिरलाई विषय बनाएर शनिबार दिनभर ओली र मोदीको भेटवार्ताले सामाजिक सञ्जालमा चर्चा पायो ।
रामजी बलामी फेसबुकमा तस्बिर पोष्ट गर्दै लेख्छन्, ‘वास्तविकता जे भए नि गर्व लाग्ने फोटो हो यो, ‘नाकाबन्दी गरेर दुःख दिए, माफ पाऊँ हजुर’ भने कि क्या हो ।
त्यस्तै, पत्रकार प्रकाश तिमल्सिना ट्वीटरमा लेख्छन्, ‘अहिलेसम्मका गतिविधि हेर्दा केपी ओलीको भ्रमण उपलब्धी मूलक नै छ । नेगेटिभ हुन कुनै जरुरी छैन । बरु वर्ग गर्न लायक छ । बाँकी हेर्दै जाऊँ ।’
अर्को तस्बिरमा भने प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्दै गर्दा मोदी पछाडि उभिएका छन् । हात अगाडि राखेर गार्डको शैलीमा उभिएका मोदीलाई व्याङ्ग्य गरिएको छ भने हस्ताक्षर गर्दै गरेका ओलीलाई समेत व्यङग्य गरिएको छ । ट्वीटरमा मिस्टर किरण तस्बिर सँगै ट्वीटर गर्छन्
ओलीः चूप धेरै हल्ला नगर । मलाई एसएलसीको नोट बनाउनु छ ।’ मिस्टर किरणको सो ट्वीटलाई दुई घण्टामा ९८ जनाले रिट्वीट गरेका छन् ।
यो तस्बिर भने कुनै भिडियोबाट तानिएको छ । जुन तस्बिरमा मोदी झुकेर हात मिलाइरहेका छन् भने ओली ठाडो शिर लगाएर हात मिलाइराखेका छन् । यो तस्बिरका विषयमा समेत सामाजिक सञ्जालमा अनेकन टिका टिप्पणी भइरहेका छन् ।next-photo-
सामान्य नागरिक नाम गरेका युजर ट्वीटरमा लेख्छन्, ‘तस्बिरले प्रस्ट पारिदियो, आज मोदी झुकिरहेका छन् । किनकि नेपालीको झुक्ने बानी छैन । । त्यसमा पनि झापाली केपी ओली ।’
zoomnp
Post a Comment