नवयुग श्रेष्ठलाई फेसबुकबाटै प्रेमिकाको भ्यालेन्टाइन शुभकामना




३ फागुन, काठमाडौं ।

पछिल्लो समयमा नवयुग श्रेष्ठलाई नचिन्ने फुटवल प्रेमी कमै होलान् ।  पछिल्ला ३ अन्तराष्ट्रिय खेलमा ३ वटै ह्याट्रिक गरेका यी इलामे ठिटाले आज भारतसँग हुने खेलमा कत्तिको जादु देखाउन सक्छन् यो हेर्न नेपालीहरु खेल शुरु हुने समय कुरिरहेका छन् ।

हिँजो भ्यालेन्टाइन्स डेको दिन नवयुगलाई उनकी प्रेमिका सरला श्रेष्ठले शुभकामना दिएकी थिइन् । उनले नवयुगलाई फेसबुकमा शुभकामना दिँदै आफ्नो ‘ सपनाको जादुमयी राजकुमार’ भनेकी छिन् ।

नवयुगले पनि आफ्नो फेसबुकबाट आफ्नो ‘भाग्य, मायाँ र सवथोक’ तिमी भनेका छन् ।





प्रेमिका सरला मात्र नभएर यतिबेला धेरै नेपालीले नवयुगलाई गोलको शुभकामना दिइरहेका छन् ।



आशा गरौं प्रेमिकाको प्रेमपूर्ण भ्यालेन्टाइन्स शुभकामना र नेपालीहरुको कामनाले नवयुगले नेपाललाई नवयुगमा पुर्‍याउन सक्नेछन् ।

तस्विर साभारः नवयुग र सरलाको फेसबुक
nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget