मनाङले उचाल्यो हेटौंडा गोल्डकपको उपाधि

मकवानपुरः हेटौँडामा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले चुमेको छ ।  शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो ।

कृषि तथा वन विश्वविद्यालयको खेल मैदानमा भएको प्रतियोगिता निर्धारित समय गोलरहित बराबरिमा सकिएपछि २० मिनेट समय थप गरिएको थियो । थप समय पनि गोलरहित बराबरिमा सकिएपछि टाईब्रेकरको सहारा लिइएको हो ।


टाईब्रेकरमा मनाङका कप्तान अनिल गुरुङ, विदेशी खेलाडीद्वय आदम बो सिसोको, बलो फिनिग्यु मउसा र सुजल श्रेष्ठले गोल गरे ।

आर्मीका लागि एकमात्र गोल जितेन्द्र कार्कीले गरेका थिए । गत माघ १६ गते पोखरामा सम्पन्न आहारारा गोल्डकपमा मनाङसँग पराजित भई उपविजेतामा चित्त बुझाएको आर्मीले हेटौँडामा पनि मनाङसँग बदला लिन सकेन ।

खेल अवधिभर गोल गर्ने केही राम्रा अवसर पाएपनि आर्मीले सदुपय गर्न नसकेको हो ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडी मनाङका विदेशी खेलाडी वलावाले ओफिज बने । उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको बेष्ट गोलकिपर मनाङका किरण चेम्जोङ, बेष्ट डिफेण्डर आर्मीका तिजेन्द्र कार्की,बेष्ट मिड फिल्डर आर्मीका टंक बस्नेत र बेष्ट फरवार्ड मनाङकै अनिल गुरुङ घोषित भए ।

उनीहरुले जनही १० हजार रुपैयाँ नगद समेत प्राप्त गरे । बेष्ट टिम कोच मनाङका टिम कोच छिरिङ लोप्छाङ गुरुङ घोषित भए ।

प्रतियोगिता बिजेता मनाङ मस्र्याङ्दीले बिजयी हुँदै नगद तीन लाख रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आर्मीले उपबिजेतामा चित्त बुझाउँदै एक लाख ५० हजार रुपैयाँ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे । बिजयी टिम तथा खेलाडीहरुलाई उपप्रधानमन्त्री सिपि मैनालीले शिल्ड प्रदान गरेका थिए ।

आर्मीले फाइनल खेलमा सागमा सहभागी भै उत्कृष्ट खेल प्रदर्शन गरेका नवयुग श्रेष्ठ र गोलरक्षक बिकेश कुथुलाई मैदानमा उतारे पनि उपाधि चुम्न भने सकेन ।

मनाङले पनि  भारतमा भएको साग खेलमा सहभागी खेलाडीहरु बिराज महर्जन, बिशाल राई र बिक्रम लामालाई मैदानमा उतारेको थियो ।

हेटौँडामा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा मनाङ र आर्मीसहित सरस्वती क्लब, सहारा क्लब, भारत सिलिगुडिको कञ्चनजंघा क्लब, भुटानको भुटान क्लियरिङ फुटबल क्लब, घरेलु टोली एफसी हेटौँडा सहभागी थिए ।
annapurnapost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget