संघले यसअघि पनि ढकालले क्रिष्चियन धर्मको प्रचार प्रसारका लागि देशका विभिन्न नेताहरूलाई विदेश भ्रमण गराउन खोजेको, मन्त्रालयमै क्रिष्चियन धर्म गुरुहरुसँग गोप्य भेटभाट गर्ने गरेको र मन्त्रालयको काम कारबाही भन्दा पनि हिन्दु धर्मावलम्बीको धर्म परिवर्तन गराउन क्रिष्चियन धर्मको प्रचारमा सक्रिय रहेको आरोप लगाएको छ ।
संघले मन्त्री ढकाललाई बर्खास्त गरि कडाभन्दा कडा कारबाही गर्न माग समेत गरेको छ ।
संघका अध्यक्ष विकास ठाकुरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मन्त्री पदमा बहाल रहेकै बेला क्रिस्चियन धर्मका अनुयायी मन्त्री ढकालले यसरी क्रिष्चियन धर्मको खुलेर प्रचारमा लाग्नु गैरकानूनी तथा दण्डनीय कार्य भएकोले ढकाललाई तत्काल मन्त्री पदबाट बर्खास्त गरी कडा कारबाही गर्न नेपाल सरकारसँग संघ जोडदार माग गर्दछ ।’
ratopati
Post a Comment