महजोडी भन्छन्-नेताहरु जनतालाई नरुवाओ

कपिलवस्तु: कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेताहरूलाई देश दुख्ने र जनता रुवाउने काम नगर्न आग्रह गरेका छन्।

सातौं कपिलवस्तु महोत्सवको बुधबार उद्घाटन गर्दै सकारात्मक सोचका मह जोडीले टायर बाल्ने, बन्द हडताल गर्ने, आन्दोलनको रक्त रणभूमि छोडेर आत्मनिर्भर बन्ने क्रान्ति गर्न जोड दिए।


कार्यक्रममा हरिवंशले भने, 'नेपाल देश सानो छैन, हामी साना छैनौं। एक अर्ब जनसंख्या भएको देशलाई फुटबलमा हरायौं। अन्य कुरामा अरू देशलाई पनि जित्न सक्छौं । यसका लागि हामीमा एकता र राजनीतिक स्थिरता आवश्यक छ।'

नयाँ संविधानले विभेदको धेरै अन्त्य गरेको र आपसी मेलमिलापबाटै अन्य असमझदारीहरू पनि सहमति गर्न सकिने मदनकृष्णले बताए। सुन्दर, शान्त, विशाल नेपाललाई आत्मनिर्भर बनाउन कृषि, औद्योगिक, पर्यटन स्वास्थ्य शिक्षाको विकासको बाटोमा सबै जुट्नुपर्ने उनीहरूको भनाइ थियो।

भूकम्प र नाकाबन्दीले हामी नेपालीलाई परिस्थितिसँग लड्नका नयाँ पाठ सिकाएको बताउँदै उनीहरूले अब त्यसलाई अवसरका रूपमा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता र चुनौती रहेकामा जोड दिए। महजोडीले बुद्ध रंगशालाको पनि शिलान्यास गरेका छन्।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget