पुरुष र महिला फुटबल टोलि स्वर्ण पदकको लागि भारत भिड्दै

१२ औं दक्षिण एसियाली खेलकुद -सागको फुटबलमा स्वर्ण पदकको लागि नेपाल र भारत बिच आज फाइनल खेल हुदै छ । पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७ः१५ बजे हुनेछ । शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३–० ले पाखा लगाएको थियो । आज हुने साग फुटबलमा नेपाल १७ वर्षपछ पहिलो पटक फाइनल खेल्न गइरहेको छ ।
त्यस्तै महिला फुटवलमा पनि नेपाल आज स्वर्ण पदकको लागि आयोजक भारत आज फाइनल खेल खेल्दै छ ।महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४ः१५ बजे हुनेछ ।समुह चरणमा खेलमा भारतलाई कडा टक्कर दिँदै नेपाली चेलीहरुले गोलरहित बराबरी खेलेका थिए । त्यसअघि नेपालले भारतसँग पाँचपटक भएको भेटमा जित हात पार्न सकेको थिएन । आजको खेलमा भारतलाई हराएर सागमा इतिहास फुटबल रच्ने नेपाली महिला टोलि मैदानमा उत्रिने छन्
a2zsamachar
Post a Comment