राष्ट्रिय खेलाडीहरुलाई सरकारले दिने तलब पच्चीस सय,एन्फाले पन्ध्र हजार!

नेपाललाई साग खेलमा फुटबलतर्फ स्वर्ण पदक दिलाउन बेजोड भूमिका खेलेका स्ट्राइकर नवयुग श्रेष्ठका बुबा चन्द्र केशर श्रेष्ठले सोमबार साँझ खेल सकिएपछि सेतोपाटीसँग कुरा गर्दै भनेका थिए, 'गर्व महशुस भएको छ, परिवारमात्रै होइन, यो ठाउँ र सारा देशले नै गर्व गर्ने अवसर हो यो।'
 
युवा खेलाडीहरुले मुलुकको शीर उचो पार्दा उनीहरु प्रति राष्ट्रको दायित्व सम्झाउन पनि उनले बिर्सेनन। उनले भने, 'देशको शीर उँचो बनाउन मेहेनत गर्ने कुनैपनि खेलाडीले भविष्यको चिन्ता लिनु नपरोस् भन्ने तर्फ राज्यको ध्यान जानु पर्छ।'

पेशाले शिक्षक चन्द्र केशर आफैँ छोरो नवयुग खेल भन्दा पढाइमा लागोस् भन्ने चाहन्थे। खेलमा लागेर छोराले आर्थिक अभावको जिन्दगी गुजार्नु पर्ला भन्ने उनलाई ठूलो पीर थियो ।

उनले भने, ' मेरो जोड फुटबल भन्दा पढाइमा ध्यान दिनुपर्छ भन्ने थियो। तर उसले आफ्नो रुचीको क्षेत्र छान्यो, आर्मीमा आबद्ध भएपछि मात्र हामी पनि ढुक्क भयौं।'

अहिले नेपाल आर्मीमा आबद्ध भएसँगै नवयुग राष्ट्रिय फुटबलमा आर्मी क्लबबाट खेलिरहेका छन्।

तर अझैँ पनि कयैँन खेलाडी र सम्भावित प्रतिभाहरु आफ्नो आर्थिक भबिष्यको चिन्ताका माझ खेल क्षेत्रमा लगनका साथ समर्पित छन्।

अन्य खेलाडीको त कुरा छोडौं राज्य र खेलकुद निकायले फुटबलका राष्ट्रिय खेलाडीलाई दिने तलब न्यून मात्र हैन अपमानजनक छ।  राष्ट्रिय फुटबल खेलाडीहरुले अहिले मासिक १५ हजार रुपैयाँ पाइरहेका छन् । सो रकम एन्फाले उपलब्ध गराएको हो।
सरकारले भने पेन्सनसरह खेलाडीहरुलाई मासिक २५ सय रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको छ । २५ सयलाई बढाएर ५ हजार पुर्‍याउने सरकारको तयारी छ।

खेलाडीहरु भने सरकारले आफूहरुलाई २५ सय उपलब्ध गराएर अपमानित महसुस गराउने गरेको बताउँछन्। 'हामीलाई सरकारले हेपेको छ,' एक राष्ट्रिय फूटबल खेलाडीले भने।

उचित तलव र भत्ता, आवश्यक खाना, बसाई, तालिमको अभाव भएको उनीहरुको गुनासो छ ।

अन्तर्राष्ट्रिय खेलहरुमा जितेपछी भने पटके पुरस्कार घोषणा गर्ने चलन छ।  

यसपाली पनि सरकारले स्वर्ण विजेता खेलाडीहरुलाई जनही पाँच-पाँच लाख रुपैयाँ दिने घोषणा यसअघि नै गरिसकेको छ । साग फुटबलमा स्वर्ण पदक जितेर इतिहास रच्ने खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाले पनि आर्कषक पुरस्कारको घोषणा गर्ने भएका छ।

एन्फाका महासचिव तथा पुर्व राष्ट्रिय फूटबल खेलाडी धिरेन्द्र प्रधानले इतिहास रच्ने खेलाडीहरुलाई सम्मान गर्दै आर्कषक प्योकजको घोषणा गर्ने सेतोपाटीलाई जानकारी दिए।

खेलाडीहरुको पारिश्रमिक, सुबिधा तथा तालिम को गुणस्तर बढाउने बारे भने एन्फाले अहिले केहि सोचेको छैन। 'अहिले एन्फा फुटवल टोलीलाई गर्ने स्वागतका लागि जुटेको छ प्रधानले भने दुई तीन दिन भित्रै एन्फाको कार्यसमितिको बैठक बसेर निर्णय गर्छौं' उनले भने।

एन्फाका प्राय सबै पदाधिकारी अहिले देश बाहिर छन्। फुटवल टोली भोलि अपरान्ह काठमाडौं आइपुग्दैछ, टोलीलाई भव्य स्वागत गरिनुका साथै उपत्यका परिक्रमा गरिने एन्फाले जनाएको छ।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget