यस्तो पो रहेछ ज्ञानेन्द्र विदेशमा बस्नुको कारण !

पूर्वराजा ज्ञानेन्द्र शाह कठोर कदम चाल्ने तर्खरमा रहेको चर्चा राजावादी वृत्तमा चल्ने गरेको छ ।

तर, त्यो कठोर कदम भनेको के हो ? भन्ने कुरामा भने प्राय सबैजसो राजावादीहरु अनविज्ञ देखिन्छन् । समाचार स्रोतका अनुसार हिन्दुराज्य पुनर्वाहालीको सम्भावना नबढेसम्म पूर्वराजा शाह स्वदेश फर्कने छैनन् ।

उनी राजनीतिक मिशन बोकेर गत माघ ७ गते बैंकक गएका थिए । कहिले बैंकक र कहिले सिंगापुर बस्दै आएका शाहले यसबीचमा भारत र चीनका प्रभावशाली व्यक्तित्वहरुसँग भेटवार्ता गरिसकेको समाचार स्रोतले जनाएको छ ।

तर, भेटघाटको परिणाम भने प्रधानमन्त्री खड्कप्रसाद ओलीले भारत भ्रमण गरेको तीन, चार दिनपछि मात्रै देखिने अनुमानमा राजावादीहरु छन् । समाचार स्रोतका अनुसार धर्मनिरपेक्षता घोषणा गर्दा नेपालमा क्रिश्चियनिटी र फ्रितिव्वत गतिविधी बढेको भारतीय तर्कमा चीन सहमत भएका कारण पनि पूर्वराजा शाहले यो भ्रमणलाई फलदायी ठानेका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली धर्मनिरपेक्षता हटाउन सहमत भए भने पूर्वराजा शाह पनि केही दिनभित्रै दिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । समाचार स्रोतका अनुसार धर्मनिरपेक्षता विजेपीको पहलमा हटाइने र राजसंस्था पुनर्वाहाली कांग्रेस आइको पहलमा गरिने चर्चा राजावादीबीच छ । तरुण साप्ताहिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget