उपचारका लागि बाबुरामले २१ लाख मागेको खुलासा

काठमाडौं, ३ फागुन । काठमाडौंमा शिक्षाको व्यवसाय गर्दै आएका व्यवासयी एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सांसद डा.बाबुराम पोखरेलले उपचार खर्चका लागि संसद सचिवालयसँग २१ लाख रुपियाँ माग गरेका छन् ।
फोरम लोकतान्त्रिकका सांसद डा. पोखरेलले मुटुको भल्बमा समस्या भएकाले ‘कम्बो’ राख्नुपर्ने माग गर्दै २१ लाख रुपियाँ माग गरेका हुन् । आफै उचार गराउने हैसियत राख्ने सांसद डा.पोखरेलले राज्यलाई भार पर्ने गरी २१ लाख रुपियाँ माग गरेका हुन् ।
सांसद डा.पोखरेलले पैसा माग गरेपनि संसद सचिवालयले अहिलेसम्म सो रकम नदिएको संसद सचिवालयकी प्रमुख लेखा नियन्त्रक यमुना प्रधानले जानकारी दिइन् ।
‘सांसदहरूले संसद सुविधा शाखाबाट उपचार खर्च माग गर्नु हुन्छ’, प्रमुख लेखा नियन्त्रक प्रधानले भनिन्, ‘यति ठूलो रकम हामीसँग छैन । हामीले सरकारलाई सिफारिस गरिदिने हो । संसद सचिवालयबाट सांसद डा.बाबुराम पोखरेललाई २१ लाख रुपियाँ अहिलेसम्म दिएका छैनौँ ।’
काठमाडौंको नयाँबानेश्वरस्थित शान्तिनगरमा भिएस निकेतन विद्यालय र उच्च मावि चलाएका सांसद डा. पोखरेलका लागि उपचार खर्च राज्यले व्यहोर्नु नपर्ने संसद सचिवालयका एक कर्मचारीले बताए । ‘बाबुराम पोखरेल जस्तो व्यक्तिले राज्यलाई भार पर्ने गरी उपचार खर्च २१ लाख नमाग्नु पर्ने हो’, संसद सचिवालयका एक कर्मचारीले भने, ‘हुन त सबै पहुँचवालाले ठूला नेताहरूले राज्यबाट पैसा लगेका छन् । उहाँले लैजादा के भो र ?’
तर सांसद डा.पोखरेलले उपचारका लागि भन्दै संसद सचिवालयलाई २१ लाख उपलब्ध गराउन दबाव दिँदै आएका छन् । उनले आफ्नो पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय गच्छदारमार्फत संसद सचिवालयलाई पैसा दिन दबाव दिने गरेको रहस्य खुलेको छ ।
फोरम लोकतान्त्रिकबाट सांसद बन्न एक करोड रुपियाँ अध्यक्ष गच्छदारलाई बुझाएको आरोप डा.पोखरेलमाथि लागेको छ । उनी मात्रै होइनन् फोरम लोकतान्त्रिककी अर्की सांसद एवम ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाले पनि एक करोड रुपियाँ खर्च गरेर सांसद बनेको आरोप छ ।
सांसद बन्न त्यति ठूलो रकम खर्च गर्न सक्ने डा. पोखरेलले किन संसद सचिवालयसँग २१ लाख माग गरे भन्ने विषयले सिंहदरबार तातेको छ ।
dainiknepal-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget