कालोझण्डा देखाउने कार्यकर्ता जेल हालेपछि मधेसी मोर्चाले भारतविरुद्ध हाल्यो मुद्दा

काठमाडौ, ९ फागुन । तराईमा पाँच महिनादेखि आन्दोलनरत मधेसी मोर्चाले भारत सरकारविरुद्ध मुद्दा हालेको छ ।
भारतको नयाँ दिल्लीमा पक्राउ परेका मधेशी विद्यार्थीहरुको रिहाइका लागि मोर्चाका तर्फबाट अधिवक्ता दिपेन्द्र झाले भारतको मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

अधिवक्ता दिपेन्द्र झा
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा शनीबार दिल्लीबाट २२ नेपाली विद्यार्थीलाई पक्राउ गरी तिहार जेल पठाइएकोमा उक्त कार्य भारतको कानुन विपरित रहेको र शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुलाई भारतको कानुनले मौलिक अधिकारभित्र राखेको जिकिर उनले लेखेको उजुरीमा गरिएको छ ।
भारतिय कानुनका विभिन्न धाराहरुको आधारसहित उक्त पक्राउ गैरकानुनी रहेको ठहर गर्दै झाले उजुरी पत्रमा दिल्ली पुलिसले भारतको संविधानले दिएको मौलिक अधिकार र वाक् स्वतन्त्रताको समेत ख्याल नगरी विद्यार्थीहरुलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।
यसरी शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थीहरुलाई पक्राउ गर्नु मानवअधिकारको गम्भीर उल्लंघन रहेको स्पष्ट पार्दै दिल्ली पुलिसलाई पक्राउ परेका २२ नेपाली विद्यार्थीमाथि लगाइएको मुद्दा फिर्ता लिइ तत्काल रिहा गर्न माग गरिएको छ ।
मानवअधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि पत्राचार
भारतको मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष न्यायधिश सिरीयक जोसेफलाई सम्बोधन गरिएको उक्त पत्र झाले राष्ट्रिय मानव अधिकार आयोग नेपाल, एमनेस्टि इन्टरनेशनल, ह्युमन राइट्स वाच, एशियन ह्युमन राइट्स कमिशन, यु एन हाइ कमिशन फर ह्युमन राइट्स र एशिया एण्ड ओशियानालाई पनि पठाएको बताए ।
अधिवक्ता झा मानव अधिकारवादी संस्था थर्ड एलायन्सका संयोजक पनि हुन् ।
मधेसी नेताले भारतीय गृहमन्त्रीलाई फोन गरे
यसैगरी संघीय समाजवादी फोरमका नेता तथा सांसद् अभिषेकप्रताप साहले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई टेलिफोन गरी भारतमा पक्राउ परेका मधेसी विद्यार्थी रिहाको माग गरेका छन् ।
शान्तिपूर्ण विरोध प्रदर्शनमा भाग लिन पाउने नैसर्गिक अधिकार प्रयोग गरेकै आधारमा विद्यार्थी पक्राउ गरिनु भारतजस्तो विश्वकै अग्रणी मुलुकका लागि सहाउँदो विषय नएको बताए । शान्ति सुरक्षा भंग गर्ने गतिविधि गरेको आरोपमा दिल्ली प्रहरीले पक्राउ गरी उनीहरुलाई शनिबार जेल चलान गरेको छ ।
साहले नेपालको सरकार र सरकार समर्थित दल तथा व्यक्तिले गरेका कामकारबाहीको विरोध गर्ने मधेसी मोर्चाको यसअघिकै निर्णयअनुसार प्रधानमन्त्रीलाई कालोझण्डा देखाइएको बताए । आफूले पक्राउ परेका सबै विद्यार्थीलाई निःशर्त रिहाइका लागि गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएको साहले बताए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget