तारा एयरको जहाज दुर्घटना : ४ वटा शव भीरमा, १९ वटा दुर्घटनास्थलमा

शव संकलनको लागि सेना र प्रहरीको टोली घटनास्थलमा
तारा एयरको जहाज दुर्घटनाग्रस्त स्थल म्याग्दीको दाना गाविसको तिर्खेढुंगामा शव संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली  गएको छ। मौसम खरावीका कारण हिजो गएको टोली फर्किएपछि बिहीवार बिहान फेरि टोली त्यसतर्फ गएको हो ।
जहाज दुर्घटनास्थलमा १९ वटा मात्र शव भेटिएको म्याग्दी प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए। ४ वटा शव सोलीघोप्टे भीरमा देखिएको उनले बताए। भीरमा रहेको शव निकाल्न तालिमप्राप्त मानिसहरु झिकाइएको उनले बताए।
दुर्घटनास्थलमा पुगेको टोलीले दुर्घटना भएको नजिकै हेलीप्याड बनाइरहेको  छ।
त्यसपछि थप सहायतका लागि डाइनेष्टी एयरको हेलिकप्टर त्यहाँ जानेछ।
पोखराबाट जोमसोमका लागि हिजो बिहान उडेको जहाज एक्कासी सम्पर्कविहिन भएको थियो । दिउँसो जहाज तिर्खेढुंगामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। जहाज दुर्घटनामा परेकाहरुको शवलाई आजै काठमाडौं पठाइने खड्काले बताए।
सेतोपाटी

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget