नेपाली फूटवलका प्रशिक्षक राजुले पुरा गरे २४ वर्ष पहिलेको कसम, यस्तो थियो उनको कसम
काठमाण्डौ, ५ फागुन – दक्षिण एशियाली खेलकुद (साग) फुटबलमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक जित्दा नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य सफल प्रशिक्षक सावित भएका छन् भने उनको चारैतिर चर्चा चुलिएको छ । प्रशिक्षक कुनै बिदेसी वा अङ्ग्रेज नै चाहिन्छ नेपालीले ठूला प्रतियोगिता सम्हाल्न सक्दैनन भन्ने धारणालाई गलत साबित गर्दै भारतमा सम्पन्न १२ औ सागको पुरुष फुटवलमा राजुकाजी साक्यले आयोजक भारतलाई उसकै घरेलु मैदानमा पराजित गरी नेपाली टोलीलाई स्वर्ण दिलाएका छन् ।
नेपाली टोलीले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जित्दा टोलीका प्रशिक्षक राजुकाजीले भने तीन फरक भूमिकामा फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउने पहिलो व्यक्ति बनेका छन् ।
सन् १९८४ बाट सुरु भएको साग खेलकुदमा नेपालले पहिलो संस्करणमा फुटबलमा पहिलो पटक स्वर्ण जित्दा अहिलेका नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्य खेलाडीको भूमिकामा मात्रै थिए । पछि सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साग (तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद) प्रतियोगितामा भने शाक्य नेपाली फुटबल टोलीका कप्तान भए र उनकै कप्तानीमा नेपाल मैदान उत्रिएको थियो ।
जुन खेलमा शाक्यकै कप्तानीमा नेपालले स्वर्ण पदक हात पार्न सफल भएको थियो । छैटौँ सागमा नेपालका लागि स्वर्ण दिलाएका राजुकाजीले प्रतिक्रिया दिदै भनेका थिए अव भारतलाई भारतमै हराउने धोको छ ।Rajukaji Sakya
तर त्यसपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जित्न नसकेको नेपाली टोलीले गत माघमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर अन्तराष्ट्रिय उपाधिको खडेरी तोडेको थियो।
तर साग खेलकुदमा नेपालले सन् १९९३ यता कुनै उपाधि जित्न सकेको थिएन ।Rajukaji sakya 01 अन्तत उनको त्यो धोको सोमवार १२ औँ साग पुरुष यु(२३ फुटबलमा चिरप्रतिद्वन्द्वी भारतलाई उसकै घरेलु मैदान गुवाहाटीस्थित इन्दिरा गान्धी रंगाशालामा २(१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेर पूरा भएको छ । यसपटक पनि नेपालले स्वर्ण पदक हात पार्दा दुई पटक नेपाललाई यसअघि दुई फरक भूमिकामा (खेलाडी र पछि कप्तान) स्वर्ण पदक जिताइसकेका उनै राजुकाजी शाक्यले प्रशिक्षकको भूमिकामा रहेर नेपाललाई तीन फरक भूमिकामा स्वर्ण पदक हात पार्न सफल भए ।
nepalnewslive
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.