झापा, फागुन ५ । नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएका राष्ट्रिय फुटबल टोलीलाई झापाको पूर्वी प्रवेशद्वार काँकडभिट्टामा स्थानीयहरुले भव्य स्वागत् गरेका छन् ।
भारतको गुवाहाटीबाट बुधबार काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका नेपाली खेलाडीहरुलाई मेची पुलदेखि नै हजारौं झापाली खेलप्रेमीहरुले जयजयकार गर्दै स्वागत् गरेका थिए ।
राष्ट्रिय झन्डासहित स्वागत्का लागि उपस्थित खेलप्रेपीहरुले नेपालको इज्जत बढाएको भन्दै खेलाडीहरुलाई फूलमाला, खादा, अबीर लगाएर नागरिक अभिन्दन गरे ।
२ बजे काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका खेलाडीहरु झापाको काँकडभिट्टा, धुलाबारी, चारआली, विर्तामोड हुँदै भद्रपुर विमानस्थलबाट बुधबारै काठमाडौं प्रस्थान गरे ।
imagekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.