काठमाडौंको महाराजगञ्जमा भयानक दुर्घटना, दुई विद्यार्थीको मृत्यु

काठमाडौं, ९ फागुन । राजधानीको महाराजगञ्जमा भयानक सडक दुर्घटना भएको छ ।
दुर्घटनामा परी दुई विद्यार्थीको घटनास्थलमै ज्यान गएको छ भने केही पैदलयात्री घाइते भएका छन् । महाराजगञ्ज प्रहरी वृत्तका अनुसार विद्या संस्कार स्कुल थापागाँउको स्कुल बसले किचेर महाराजंगञ्जमा दुई जना एमडी पढ्दै गरेका विद्यार्थीको मृत्यु भएको हो ।
विद्यार्थी छोड्न गएको विद्या संस्कार स्कुलको बसले कान्ति वाल अस्पताल र त्रिवी शिक्षण अस्पतालको पछाडीको ओरालोमा अनियन्त्रित भएर सडकमा हिडिरहेका यात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट एमडी अध्ययन गर्दै गरेका प्युठान घर भएका सञ्जिव सुवेदी र भारत विहार घर भएका सति आनन्दको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य केहि बटुवा पनि घाइते भएका छन् ।
मृतक दुवैजना त्रिवी शिक्षण अस्पतालमा मेडिकल साइन्सका विद्यार्थी थिए । उनीहरुको शवलाई पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पतालमै राखिएको छ । स्कुल बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप कारवाही अगाडि बढाएको छ ।
फोटोः हाम्रा कुरा डटकमबाट ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget