२०७२ फागुन ८ गते
भारत भ्रमणमा आएका प्रधानमन्त्री केपी ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाटहरु गर्नेछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जिदेखि समकक्षी नरेन्द्र मोदीसम्मलाई उनले आजै भट्ने कार्यक्रम छ ।
द्वीपक्षीय भेटपश्चात ओली र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्नेछन् । नेपाललाई नाकाबन्दी लगाएको विषयमा अहिलेसम्म सार्वजनिक रुपमा मुख नखोलेका मोदीले पत्रकार सम्मेलनमा के बोल्लान् भन्ने कौतुहल नेपालीहरुमा छ ।
अर्कोतर्फ रसिक र हँसिमजाकयुक्त भाषण गरेर नेपालमा आफ्नै छाप बनाएका प्रधानमन्त्री ओली भारतीय पत्रकारहरुमाझ कसरी प्रस्तुत हुन्छन् भन्ने पनि अर्को उत्सुकता छ ।
आजै नेपाल र भारतबीच आज हुलाकी राजमार्ग, भूकम्पपछिको पुनर्निमाणका लागि भारतले दिने भनेको एक अर्ब डलर अनुदान र ऋण सहायताको कार्यसूचि, तथा मोदी नेपाल आउँदा घोषणा गरेको अर्को एक अर्ब डलरको उपयोगसम्वन्धि सम्झौता हुने छन् ।
विमानसस्थलमा भारतीय विदेशमन्त्रीलाई स्वागत गर्न पठाएर ओलीलाई खुशी पार्ने प्रयास गरेको भारतले पुरानै घोषणा भइसकेका कुराहरुलाईर् नयाँ रुप दिएर नेपाललाई गुन लगाएको सन्देश दिन खोजेको छ ।
नेपाली दूतावासमा प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजित भोजमा सहभागी भएर ओली राष्ट्रपति भवनमा सुतेका छन् । ओलीसँगै त्यहाँ नेपाली प्रतिनिधिमण्डलका १७ जनाको त्यहाँ बास छ । ओलीको आजको कार्यक्रम यस्तो छ ।
यस्तो छ कार्यक्रम
बिहान १०ः०० बजेः राष्ट्रपति भवनमा स्वागत समारोह
१०ः३० बजे: राजघाटमा पुगेर महात्मा गान्धिको समाधिस्थलमा फूल चढाउने
११ः०० बजे: भारतीय विदेशमन्त्री सुश्मा स्वराजसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट
१२ः०० बजे :हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट
१ ०० बजे: सम्झौतापत्र आदानप्रदान र प्रेस वक्तव्य (संभावित)
४ ०० बजे : राष्ट्रपति भवनमा भारतीय गृहमन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट
४ः४५ बजे : भारतीय वित्तमन्त्री अरुण जेटलीसँग सिष्टाचार भेट
५ः३० बजे : भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट
७ः०० बजेः भारतीय राष्ट्रपति प्रणव मुखर्जिसँग शिष्टाचार भेट
-onlinekhabar
Post a Comment