स्वर्ग प्राप्तीको लागि गर्नैपर्ने ४ काम यिनै हुन

श्रीमद्भागवतमा भगवान कृष्णले केही नीतिका उपदेश दिएका छन्। यसमा बताइएको एक श्लोकको अनुसार, जो मनुष्य यी ४ सजिला कार्य गर्न सक्छ, उसलाई निश्चित नै स्वर्ग प्राप्ती हुन्छ। यसरी मनुष्यले जान वा अन्जानमा गरेको पाप कर्म माफ हुनेछ र उसलाई नर्क जानु पर्ने हुनेछैन। त्यसैले हरकोहीले यी ४ काम जरुर गर्नुपर्नेछ।
दानेन तपसा चैव सत्येन च दमेन च।
ये धर्ममनुवर्तन्ते ते नराः स्वर्गामिनः।।


१. दान गर्नु
दान गर्नु हिन्दु धर्ममा निकै पुण्यको काम मानिन्छ। केही ग्रन्थहरुमा दान गर्नेुको महत्वको बारेमा बताइएको छ। श्रीमद्भागवतको अनुसार, जो मनुष्य जरुरत भएका मानिसहरुलाई नियमित दान गर्दछ, उसलाई पुण्य नै प्राप्त हुन्छ। मनुष्यले कहिल्यै पनि आफ्नो दानको हिसाब-किताब राख्नु हुदैन। दान गुप्त तरिकाले गर्नुपर्नेछ, देखावटी गर्नु हुँदैन। जो दान सम्बन्धी यी कुराहरु ध्यानराखी दान गर्दछ उसलाइ स्वर्गको प्राप्ती हुन्छ।
२. मनलाई नियन्त्रणमा लिनु
मानिसको मन निकै चञ्चल हुन्छ। समयमा यता-उता डुलिरहेको हुन्छ। जुन मनुष्यको मन वशमा हुदैन, उ निकै महत्वाकांक्षी हुन्छ। यस्तो मनुष्य आफ्नो इच्छा पुरा गर्न कुनै पनि गलत कार्य गर्न सक्दछ र आफ्नो पाप कर्मको कारण नर्क जानु पर्दछ। त्यसैले स्वर्गको इच्छा राख्ने मानिसले आफ्नो मन वशमा राख्न जान्नु पर्दछ।
३. सधैँ सत्य बोल्नु
सत्य बोल्नु मानवको एक खास गुणको रुपमा मानिन्छ। जसमा सत्य बोल्ने गुण हुन्छ, उसलाई जीवनको हरेक ठाँउमा सफलता मिल्छ। झुठ बोल्ने र झुठको साथ दिने मनुष्य पापको हकदार मानिन्छ।
४. तपस्या
तप र भगवानको ध्यान गर्नु हर कोहीको लागी जरुरी मानिन्छ। हर दिन केही समय तप गर्नाले मन स्वच्छ हुन्छ। मन स्वच्छ हुँदा, मन नियन्त्रण गर्न, सत्य बोल्न र दान दिन सहज वातावरण पनि बन्छ। यसरी तपस्याले मानिसलाई पाप कर्मबाट मुक्ति दिलाउछ र स्वर्गको प्राप्ती हुन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget