‘क्लासिक’र’प्रेम गीत’देशभर हाउस फुल फिल्मीबजार,२ फाल्गुण २०७२,काठमाण्डौ । शुक्रबार देखि प्रदर्शनमा आएको तिन चलचित्र मध्ये दिनेश राउत निर्देशित ‘क्लासिक र सुदर्शन थापा निर्देशित ‘प्रेम गीत’ शनिबार देशभरका सिनेमा घरहरु हाउसफुल रहेको चलचित्रका बितरकहरु बताउछन् ।‘लभ स्टोरी’ जनराका यि दुई चलचित्रे प्रदर्शनको पहिलो दिनमा पनि दर्शक राम्रो साथ पाए पनि हाउसफुल भने हुने सकेको थिएन ।
तर,शनिबारको ब्यापारले दुबै फिल्मका निर्माण पक्षलाई खुसी बनाएको छ । ‘क्लासिक’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको दृष्टीबिहिन प्रेम,त्याग र समर्पणले दर्शकलाई रुवाउन सफल देखिन्छ । जसका कारण फिल्म हेर्ने दर्शकको चाप बढेको निर्माण पक्ष बताउछन् । आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र सुबास ईन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सुबास गिरी र आर्यन सिग्देलको लगानीमा निर्माण गरिएको चलचित्रमा आर्यन,नम्रताको अलवा प्रज्वल सुजल गिरी,रोमी घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । दुई दिनमा चलचित्रले राम्रो ब्यापार गरिसकेको छ । भने, आज प्रेम दिवसका दिनको बिहानी पनि देशभरका सिनेमा घर हाउसफुल रहेको बितरकले जानकारी गराएका छन् । यस्तै शुक्रबार देखी देशभर प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित तथा संतोष सेन निर्मित चलचित्र ‘प्रेम गीत’को शनिबारको बिहानी तथा दिवा शो देशभरका अधिकांस सिनेमा घरमा हाउस फुल रहे ।फिल्मले दुई दिनमा राम्रो ब्यापार गरेको छ । यद्दपी निर्माण पक्षले आधिकारिक रुपमा ब्यापार रिपोर्ट सार्बजनिक गरेको छैन । शनिबार अष्टनारायण,गोपिकृष्णको ‘शिवाय’ र ‘मिरा’दुई वटै पर्दा हाउसफुल थिए । पोखरा,नारायणगढ र हेटौडामा समेत हाउसफुल रहेको बितरक रोहित रत्नले जानकारी गराएका छन् । आईतबार बिहानी शो पनि हाउसफुल नै छन् । देशभरका अधिकांस सिनेमा घर हाउसफुल भएपछि हौसिएका निर्माता संतोष सेनले फिल्मी बजार संगको टेलिफोन संबादमा खुसी ब्यक्त गर्दै कसैलाई सिनेमा हाउस फुल भन्ने कुरामा बिश्वास लाग्दैन भने सिनेमा घरमा गएर रिपोर्ट बुझ्न समेत आग्रह गर्दै दर्सकको चाप र प्रतिकृयाकाले आफुले राम्रो चलचित्र बनाएको भन्ने कुरा अहिले प्रमाणित भएको उनले बताए । करिब डेढ करोड रुपैयामा निर्माण गरिएको चलचित्रमा पुजा शर्मा र प्रदिप खड्का मुख्य भुमिमामा छन् । यस्तै सरोज खनाल,रुपा राना,लक्ष्मी गिरी लगायतका कलाकारको समेत अभिनय रहेको चलचित्र लभ स्टोरी जनरामा केन्द्रित छ । फिल्मको आजको दिबा र साँझको शोमा अझै दर्शकको चाप बढ्ने निर्मान पक्षले बिश्वास गरेको छ । शनिबारै सिनेमाजमा हाउसफुल भएर दर्शक फर्केका थिए ।
filmybazar
Post a Comment