ज्वानोले हाम्रो शरिरलाइ प्रदान गर्ने फाइदाहरुः
हामीलाइ पेट दुखेमा ज्वानोपानी पकाएर थोरै नून मिसाएर खाएमा पेट दुखेको कम हुन्छ । पेट फुलेको बेलामा पनि भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने समस्या ठिक हुन्छ । कुनैपनि महिला सुत्केरी हुदाँ दूध कम भएमा ज्वानोको प्रयोग बढी गर्नाले महिलाको स्तनमा दूध बढ्दछ ।
महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुने गर्दछ । ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम रहेको हुन्छ, जसले गर्दा क्याल्सियम बढी आवश्यक पर्ने बालबालिकाहरू, बुढाबुढी तथा सुत्केरीहरूले ज्वानोको नियमित प्रयोग गरेमा फाइदा हुने गर्दछ । ज्वानोको प्रयोग गरि झोल बनाएर खान सकिन्छ । त्यस्तै तरकारी एवम् भात, रोटी तथा अन्य खानेकुरा आदिमा पनि ज्वानोको प्रयोग गर्न सकिन्छ ।
Post a Comment