टस जित्दै नेपालले दिएको २१२ रनको लक्ष्य पच्छ्याएको घरेलु टोलीले ४८.२ ओभरमै ४ विकेट गुमाएर २१५ रन बनाएपछि नेपाल पराजित हुन पुगेको हो ।
बंगलादेशको इनिङमा नेपालले प्राराम्भीक ब्याटसम्यानलाई सस्तैमा आउट गरेपनि जाकिर हसन र मेहदी हसनले उत्कृष्ट पारी खेल्दै दुबैले अर्धसतक बनाएपछि नेपाल पराजित हुन पुग्यो । दुबैले उत्कृष्ट पारी खेल्दै सय रनबढीको साझेदारी गर्न भ्याए ।
घरेलु टोलीलाई सेमिफाइनलमा पुर्याउने क्रममा नटआउट रहेका जाकिर हसनले ७७ बलमा ७५ रन बनाए भने मेहदी हसनले ६५ बलमा ५५ रनको योगदान दिए ।
नेपालको तर्फबाट दिपेन्द्र सिंह एेरी सबैभन्दा महंगा बलर सावित भए । उनले ७.२ ओभर बलिङ गर्दै ५३ रन खर्चिए । सन्दिप लामिछानेले १० ओभर बलिङ गरेर ४६ रन दिए ।
बंगलादेशका लागि पिंक घोसले ३२ रन जोडे उनलाई सुशील कँडेलले रनआउट गरे । त्यसैगरी सैफ हसनलाई ५ रन बनाएको अवस्थामा नेपालका सुनिल धमलाले एलबीडब्लु धरापमा पारे ।
नजबुल हसन पनि ८ रनमै पेभेलियन फर्के । त्यसैगरी जोएराज शेख पनि ३८ रनमा आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान राज रिजालनको विस्फोटक ७२ रनको मद्दतमा बंगलादेशलाई सो चुनौती दिएको थियो
कप्तानी पारी खेलेका राजुले आयोजक राष्ट्र बंगलादेशविरुद्ध गतिलो प्रदर्शन गर्दै ८० बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७२ रन बनाएका थिए ।
राजु ७२ रनमा पेभेलियन फर्कँदा नेपाललाई पाँचौ झड्का लागेको थियो । नेपालका ओपनरहरु आजको खेलमा पनि जम्न सकेनन् । सन्दीप सुनुवार ७ र योगेन्द्र कार्की १ रनमै आउट भए ।
उनीहरु सस्तैमा आउट हुँदा ढाकास्थित शेरवंगला रंगशालामा रहेका नेपाली दर्शक स्तब्ध भएका थिए। नेपालका लागि सुनिल धमलाले २५ र आरिफ शेखले २१ रन जोड्दै आउट भए । राजवीर सिंह ९ रनमा अउट हुँदा नेपाललाई छैठौँ झड्का लाग्यो ।
कुशल भुर्तेल १४ रन बनाउँदै रनआउट हुन पुगे । नेपालका लागि अन्तिमक्रमका दिपेन्द्र सिंह एरी र प्रेम तामाङले पनि सम्हालिएर खेले ।
बंगलादेशका लागि मोहम्मद साईफुद्दिनले २ विकेट लिए । त्यस्तै मेहदी हसन राना र सलेह अहमतदले एक एक विकेट लिन सफल भएका थिए ।
annapurnapost
Post a Comment