सागको स्वर्णको खुसियालीकेा माहेालमा नेपालीलाइ नै किन यस्तेा नैरास्यता

काठमाडौं – बुधबार साँझ एयरपोर्ट नजिकै रहेको गौशाला चोकमा मानिसहरु सडकको किनारमा नेपाली राष्ट्रिय झण्डा बोकेर उभिएका थिए । उनीहरु भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली फुटबल टोलीको स्वागत गर्न प्रतिक्षारत थिए । ‘नेपाल, नेपाल’ भन्दै नारा लगाउँदै थिए । चिरप्रतिद्वन्द्वी भारतमाथिको जीतको उन्मादमा रमाउँदै थिए ।


नेपालीे फुटवल टोलीले साग गेममा उपाधि चुमेर स्वदेश फर्कदाको त्यो क्षणमा हजारौं नेपाली सडकमा उत्रेर खेलाडीहरुको खुशीमा साथ दिइरहँदा त्यही चोकमा फरक दृश्य पनि देखियो ।


पशुपतिनाथको मन्दिर हुँदै एक बृद्ध जोडी गौशाला चोक आइपुगे । मानिसहरुको ठूलो भीड देखेर उनीहरु पैसा माग्दै सडक किनारमा बसेकाहरुका अगाडी हात पसारे, जहाँ युवा युवतीहरु हातमा राष्ट्रिय भण्डा बोकेर नारा लगाउँदै थिए । तर कसैले पैसा दिएनन् । बृद्ध जोडी भिडबाट निरास हुँदै आफ्नो बाटो लागे ।


पूरै देश स्वर्ण पदकको खुसीमा झुमिरहँदा उनीहरुलाई भने त्यसले कुनै खुसी दिन सकेन । यी जोडी त प्रतिनिधि पात्र मात्र भए । यस्ता धेरै जनता छन्, जो अहिले देशको उपलब्धिमा खुसी बाँड्न सकिरहेका छैनन् । हामीले खेल जित्यौं तर यो गरिवी र अभावलाई कहिले जित्ने होला ? अनि कहिले आउँला त्यो दिन जब सबै जनता देशले जित्दा खुशी हुनेछन् ?

ratopati

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget