पदक विजेता खेलाडीको बिजोग!


टिम व्यवस्थापनको गम्भीर लापरबाहीको कारण बाटैमा अलपत्र बनेका उसुका खेलाडी घरबाट खर्च मगाई काठमाडौं आउन लागेको समाचारले यो देशमा राम्रो काम गर्ने जो कोहीले पनि यस्तै नियति भोग्नु पर्ने हो कि जस्तो लाग्न थालेको छ। दक्षिण एशियाली खेलकुद (साग) मा १ स्वर्णसहित १२ वटा पदक जित्ने उसुका ९ जना खेलाडी झापामा बेखर्ची बनेर भौतारिरहेका छन्।

खेलाडी लिएर प्रतियोगितामा सहभागी हुन गएका उसुका टिम म्यानेजर र प्रशिक्षकहरू पदक विजेता खेलाडीहरूलाई अलपत्रै छाडेर आफुहरु जहाजमा काठमाडौं हिँडेपछि खेलाडीको बिजोग भएको हो। आज केही खेलाडी सिकिस्त बिरामी पनि भएको अवस्थामा।

बिरामी परेर अलपत्र हुँदा पनि टिम व्यवस्थापनले कुनै सोधीखोजी गरेन अभिभावकसँग  खर्च मगाएर काठमाडौं आउँदै छन हाम्रा पदक बिजेता खेलाडी नेपालबाट उसुका लागि १६ जना खेलाडी भारत गएका थिए । उनीहरुमध्ये १२ जनाले देशका लागि पदक जितेका छन् ।

जसमा एउटा स्वर्ण पदक, १० रजत र एक कास्य पदक छन्। त्यही पदक देखाएर नेपाली खेलकुद क्षेत्र यतिबेला खुसी मनाइरहेको छ। तर, यहाँ काम गर्ने कालु मकै खाने भालू भने झैं मिेहनेत गरेर पदक दिलाउने तिनै खेलाडी बेखर्ची भए टिम म्यानेजर र प्रशिक्षकहरू भने जहाजमा सरर उडन पाए यो सब कस्को लापरवाहीले?

राज्यले यस्को छानबिन गरी दोषिलाई अविलम्व कारबाही नगरी उन्मुक्ति दिने काम गरे के जागरले खेलाडीहरुले देशको लागि खेल्ने भन्ने प्रश्न उठाउने बेला आउनु अगावै दोषी टिम व्यवस्थापकहरुलाई तुरुन्त कारबाही गर्ने हिम्मत गरोस् सरोकार वाला निकायले। अनि खेलाडीलाई परेको दुःख बुझि उचित सम्मान गरोस राज्यले।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget