विविसी हिन्दीको फिचर- जन्म बनारसमा, ३ वर्ष भारतको जेलमा


२६ माघ, काठमाडौं ।

नेपाली कांग्रेसभित्र त्यागी र सादगी नेताको रुपमा आफूलाई चिनाउन सफल पूर्वप्रधानमन्त्री एवं सभापति सुशील कोइरालाको निधनले सबैलाई स्तब्ध तुल्याएको छ । कोइरालाको निधनले नेपालमा मात्र होइन भारतीय मिडियामा पनि चर्चा पाइरहेको छ ।

यसबीच विविसी हिन्दी सेवाको अनलाइन संस्करणले सुशील कोइरालाको जीवनीबारे चर्चा गर्दै उनले भारतको जेलमा ३ वर्ष विताएको घटनाको चर्चा गरेको छ ।




विविसी हिन्दीले कोइरालाको जन्म सन् १९३९ को अगष्ट १२ मा भारतको बनारसमा भएको दावी गरेको छ । यद्यपी नेपालमा भने कोइरालाको जन्म सन् १९३९ मा बिराटनगरमा भएको रेकर्ड छ ।


विविसीको फिचरमा नेपालमा चलिरहेको सरकार विरोधी आन्दोलनका क्रममा विमान अहपहरणमा संलग्न भएको समेत लेखेको छ । सोही विमान अपहरण काण्डमा सुशील कोइरालालाई भारतमा ३ वर्ष सम्म जेल सजाय भएको र उनले भारतीय जेलमा उक्त समय विताएको पनि फिचरमा उल्लेख गरिएको छ ।
nepaliheadline

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget