माघ २६, २०७२- जारी १२ औं सागमा नेपालले आज थप १ रजत र एक कास्य जितेको छ । नेपालका लागि विश्व बुढा मगरले उसुमा रजत जितेका छन् भने भारत्तोलनकी तारादेवि पुनले ७५ केजी समूहमा कास्य जितेकी छन् । यससँगै नेपालको १ स्वर्ण, ५ रजत र ९ कास्य गरी १५ पदक पुगेको छ ।
पौडीमा दुई कास्य जितिसकेकी १३ वर्षिया गौरिका सिंहले आज अर्को पनि राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले यो सागमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । ५० मिटर ब्याकस्ट्रोकमा उनले आज आफ्नै पुरानो कीर्तिमान सुधार्दै ३१. ७८ सेकेन्डमा पौडी पुरा गरिन् ।
.ekantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.