पेस्तोल देखाएर कसले लुट्यो लालुका जुवाइँको कार ?

एजेन्सी : मधेसी दलका नेताहरु सहयोग माग्दै बिहार पुगेका त्यहाँका नेता लालुप्रसाद यादवका जुवाइँको करोडौं मूल्यको कार लुटिएको छ ।

राजनीतिक उपद्रो र उखान टुक्काले चर्चामा आइरहने उनी यस पटक जुवाइँको कार लुटिएपछि भारतीय मिडिया छाएका छन् ।


भारतीय मिडियमा आएको समाचार अनुसार लालुका जुवाइँको मूल्यवान कार हरियाणा राज्यको गुडगाउँस्थित सिकन्दरपुर मेट्रो स्टेशन नजिकैबाट बुधवार अज्ञात बदमाशले लुटेका हुन् ।

बदमाशहरुले राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्री लालु यादवका जुवाइँका जुवाइँ विनीत यादवको कार लुटेका बताइएको छ।

विनीत यादवको फर्च्युनर कार लिएर उनका ड्राइभर हरिप्रकाश सडकमा निस्केका थिए । मेट्रो स्टेशन नजिकै पेस्तोल तेर्स्याएर बदमाशले कार लुटी गायव भएका हुन् ।

पुलिसमा दिइएको उजुरीमा कारको नम्बर डीएल१४सीसी१३४३ रहेको छ । यो घटना बुधबार साँझ ४ बजे भएको हो । यो घटना सार्वजनिक भएपछि हरियाणा प्रहरीले जाँच थालेको छ ।
annapurnapost-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget